२४ भाद्र २०८३, बुधबार
,
Latest
विश्वमै असामान्य विपत्ति हो भोटेकोशी बाढी : टनेल विशेषज्ञ डिक्स राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ सदनमा प्रस्तुत नागरिकको आक्रोशलाई राज्यविरुद्धको प्रहार नठान्न रविको आग्रह हिमाल र हिमनदी निगरानीलाई राष्ट्रिय प्राथमिकता बनाउन सांसद राणाको माग साइबर बुलिङ गर्ने रास्वपा सदस्यलाई साधारण सदस्यबाटै हटाइने लामिछानेको चेतावनी भोटेकोसी बाढीका मृतकलाई ‘जलवायु अन्यायपीडित’ भन्दै न्यायका लागि पहल गर्ने लामिछानेको प्रतिबद्धता विपत्तिमा खिचातानी छाडेर राष्ट्रिय एकतामा जुट्न लामिछानेको आह्वान बाढी प्रतिकार्यमा सरकारको कामप्रति रवि लामिछाने सन्तुष्ट, भने– ‘प्रश्न गर्ने ठाउँ देखिनँ’ भोटेकोशी बाढीमा जलविद्युत् कर्मचारी उद्धार प्रभावकारी बनाउन सरकारसँग ठगुन्नाको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिआरआई साहित्यिक सञ्जालमा नेपालको सहभागिता



अ+ अ-

काठमाडौं । चीनले स्थापना गरेको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) सँग सम्बन्धित साहित्यिक संस्था ‘लिटरेरी नेटवर्क अफ द बेल्ट एण्ड रोड’ (बेल्ट एण्ड रोड साहित्यिक सञ्जाल) मा नेपाल सहभागी भएको छ ।

चिनियाँ लेखक सङ्घ संस्थापक र नेपाल प्रज्ञा–प्रतिष्ठानसमेत सहसंस्थापक रहेको सो नेटवर्कले साहित्य, संस्कृति तथा सभ्यताको अध्ययन–अनुसन्धान, अनुवाद, प्रतिलिपि अधिकारको संरक्षण, प्रकाशन, साहित्यिक एवं सांस्कृतिक आदानप्रदान आदि गर्ने उद्देश्य लिएको छ । बेल्ट एण्ड रोडसँग जोडिएका सयभन्दा बढी देशका सरकारी प्रज्ञा–प्रतिष्ठानलाई समेटेर उक्त सञ्जालको स्थापना गरिएको हो ।  

प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले भर्चुअल माध्यमबाट संयुक्त बैठकलाई सम्बोधन गर्दै आफ्ना वैभव र अनुभवको आदानप्रदान गर्न यो साझा मञ्च निकै प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “यो प्रतिस्पर्धी संसारमा हामी एक्लै हिँडेर कहीँ पुग्न सक्दैनौँ, आपसी समझदारीका साथ एकापसमा सहकार्य गरेमा हामी अवश्य पनि लक्ष्यमा पुग्ने छौँ, त्यसका लागि यो उपयुक्त मञ्च हुनेछ ।”

चिनियाँ लेखक सङ्घका अध्यक्ष थी निङ समारोहमा उपस्थित हुनुभएको थियो । उहाँले आजको युगमा आपसी सहकार्यको अपरिहार्यता रहेको उल्लेख गर्दै बेल्ट एण्ड रोड साहित्यिक सञ्जालले यस क्षेत्रमा असीमित कार्य गर्नसक्ने बताउनुभयो । माओ तुन साहित्य पुरस्कार विजेता ल्यु चेनयुन, गे केइ र अनलाइन साहित्य लेखक थान्जिया सानसाओसहित चिनियाँ प्रतिनिधि लेखक÷साहित्यकार, चीन पब्लिसिङ्ग गु्रप, पिपुल्स लिटरेचर पब्लिसिङ्ग हाउस, पिपुल्स लिटरेचर पत्रिका, राइटर्स पब्लिसिङ्ग हाउसका प्रतिनिधि, अन्य प्रकाशन संस्थाका प्रतिनिधिका साथै चिनियाँ कम्युनिस्ट पार्टीका नेतासमेत समारोहमा सहभागिता थियो ।