काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष्ँ पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् । अध्यक्ष प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटार पुगेका हुन् ।
अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री देउवाबीच सर्वदलीय बैठकअघि छलफल हुन लागेको हो । देउवाले सङ्घीय संसद्को गतिरोध अन्त्यका लागि सर्वदलीय बैठक बोलाएका हुन्।
प्रधानमन्त्रीको संसदीय दलका निजी सचिव केशवराज जोशीका अनुसार बिहान १० बजे सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताको बैठक बोलाएको जानकारी दिए। बैठकमा संसद् सञ्चालनमा देखिएको अवरोध हटाई बैठक सञ्चालन गर्ने तथा समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने जोशीले बताए।