![](https://newspolar.com/wp-content/uploads/2022/04/bishwodip-shrestha.jpeg)
काठमाडौं । गोरखा नगरपालिकाको मेयरको टिकट पाएका नेपाली कांग्रेसका उम्मेदवार विश्वदेव श्रेष्ठमाथि हातपात भएको छ । उनीमाथि कांग्रेसकै केही कार्यकर्ताले हातपात गरेका हुन् ।
मेयरका लागि टिकट लिएर फर्केका उनी जिल्ला सदरमुकामको बैंकरोडस्थित दिपक डिजिटल फोटो स्टुडियोमा फोटो खिचाउन पसेका बेला स्टुडियोभित्रै पसेर उनीमाथि केही युवाले हातपात गरेका थिए ।