२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

युक्रेन र टर्कीका राष्ट्रपतिबीच फोनवार्ता



अ+ अ-

स्तानबुल । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगान र युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलिन्स्किीबीच फोन वार्ता भएको छ । उहाँहहरुका बीचमा हाल युक्रेनमा जारी रहेको रुसी आक्रमणका बारेमा कुराकानी भएको टर्कीको विदेश मन्त्रालयले जनाएको छ ।

उहाँहरुका बीचमा आइतबार अबेरतिर सो फोनवार्ता भएको थियो । खासमा युक्रेन संकटका बारेमा नै उहाँहरुबीच कुराकानी केन्द्रित भएको बताइएको छ । युक्रेनको मारिउपुलमा पछिल्ला केही दिनयता रुसले जारी राखेको आक्रमणका कारण ठूलो क्षति पुगेको छ र यहाँका नागरिकहरुलाई उद्धार गर्नुपर्ने अवस्था रहेको छ ।

यस विषयमा दुई देशका राष्ट्रपतिबीच कुराकानी भएको बताइएको छ । सो मन्त्रालयले दिएको जानकारीअनुसार सोमबार नै टर्कीका राष्ट्रपति एर्दोगानसँग संयुक्त राष्ट्रसंघीय महासचिव गुटर्रेसले पनि भेटवार्ता गर्नुहने कार्यक्रम रहेको छ । गुटर्रेस सोमबार टर्कीको राजधानी अंकारा पुग्दै हुनुहुन्छ । महासचिव गटर्रेसले युक्रेनमा जारी रहेको हिंसात्मक आक्रमणका विषयमा कुराकानी गर्नुहुने बताएको छ ।

युक्रेनमा युद्धविरामका लागि टर्कीले पहल गर्दै आएको छ । टर्कीकै पहलमा यसअघि पनि रुस र युक्रेनका बीचमा पटक पटक वार्ता पनि भएको छ । (रासस/सिन्ह्वा)