• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo
Latest
★   पञ्जाबले आईपीएल इतिहासमै सबैभन्दा ठूलो लक्ष्य पछ्यायो, २६२ रनको लक्ष्य भेट्टायो ★   इलाम र बझाङमा आज उपनिर्वाचनः ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने ★   राप्रपाले निकाल्यो देशभर मसाल जुलुस, गृहमन्त्रीको राजीनामा माग (फोटो फिचर) ★   आमा को हुन् ?  ★   सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकमा ग्लोबल आइएमई सम्मानित ★   ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित ★   ‘बोक्सीको घर’ प्रदर्शनमा, उत्साहजनक ओपनिङ ★   बहुआयामिक व्यक्तित्व पूर्वमुख्यसचिव स्वर्गीय शाक्य  ★   वन डढेलो र आगलागी नियन्त्रणका लागि सकृय बन्न ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई गृहमन्त्रीको… ★   किसानको पीडा: आगोले गहुँबाली खायो, अब हामीले के खाने !

गोरखा भूकम्पको सात वर्ष : सिन्धुपाल्चोकमा ८३ हजार ९७१ घर पुनःनिर्माण



सिन्धुपाल्चोक । गोरखा भूकम्पको आज सात वर्ष पूरा भएको छ । विसं २०७२ वैशाख १२ गतेका दिन मध्याह्न ११ः५६ मा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

यस भूकम्पबाट सिन्धुपाल्चोकमा सबैभन्दा बढी क्षति पुगेको थियो । त्यस्तै काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, रसुवा, गोरखा, मकवानपुर, सिन्धुली र ओखलढुङ्गा जिल्लामा भूकम्पले क्षति पु¥याएको थियो ।

बढी प्रभाव परेका १४ जिल्लालाई सरकारले अतिप्रभावित जिल्लाका रुपमा घोषणा गरेको थियो । भूकम्पले करिब नौ हजार मानिसको निधन भएको थियो । भूकम्पले सिन्धुपाल्चोकमा मात्रै तीन हजार ५७० जनाको मृत्यु भएको थियो भने ९५ हजारभन्दा बढी भौतिक संरचना ध्वस्त भएका थिए । यहाँका ५४७ विद्यालय ध्वस्त भएकामा ९८ प्रतिशत विद्यालय निर्माण सम्पन्न भएका छन् । यहाँका ७५ वटा स्वास्थ्यचौकीमा पूर्णरुपमा क्षति पुगेको जिल्ला आयोजना कार्यान्वयन इकाइले जनाएको छ ।

भूकम्पबाट सिन्धुपाल्चोकमा ९१ हजार ९४ परिवार लाभग्राहीको सूचीमा परेका थिए । हालसम्म तेस्रो किस्ता लिएर ८३ हजार ९७१ घर निर्माण भइसकेको र बाँकी निर्माणाधीन रहेका जिल्ला आयोजना कार्यान्वयन एकाइले जनाएको छ । यसअन्तर्गत २२ वटा एकीकृत बस्ती निर्माण सम्पन्न भएका छन् ।