काठमाडौं । भरतपुर महानगरपालिकामा नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तालमेल गरेर उम्मेदवारी दिने भएका छन् ।
महानगर प्रमुखमा एमाले र उपप्रमुखमा राप्रपाले उम्मेदवारी दिने दुई दलबीच सहमति भएको छ ।
केही वडामा समेत तालमेल गरेर उम्मेदवारी दिने दुवै दलबीच सहमति भएको बताइएको छ ।