२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल इतिहासमै मुम्बईको खराब प्रदर्शन, लगातार आठौं हार



अ+ अ-

एजेन्सी । आईपीएल २०२२ को ३७ औँ खेलमा लखनउ सुपर जायन्ट्सले मुम्बई इन्डियन्सलाई ३६ रनले पराजित गरेको छ । मुम्बईको वानखेडे स्टेडियममा भएको खेलमा लखनउले १ सय ६८ रनको सफलताको रक्षा गरेको थियो ।

लखनउका बलरहरूले मुम्बईका ब्याट्सम्यानलाई १३२ रनको स्कोरमा रोकेर खेल जिताए । लखनउ यो सिजनमा यो पाँचौं जित निकाल्दै अंक तालिकाको चौंथो स्थानमा उक्लिएको छ । अर्कोतर्फ मुम्बईको टोली लगातार आठ खेलमा हार बेहोरेर प्लेअफको दौडबाट झण्डै बाहिरिएको छ ।

लखनउले दिएको १६९ रनको लक्ष्य पछ्याएको मुम्बई इन्डियन्सले राम्रो सुरुवात गर्दै पहिलो पावरप्लेमा कुनै विकेट नगुमाई ४३ रन बनाएको थियो । यसपछि इशान किशनको ब्याट फेरि चल्न सकेन । उनी आठौं ओभरमा २० बलमा आठ रन बनाएर आउट भए । यस पटक पनि डेवाल्ड ब्रेभिस असफल भए । उनी अर्को ओभरमा तीन रन बनाएर आउट भए । क्रुणाल पाण्ड्याले रोहित शर्मालाई ३९ रनमा पेभिलियन पठाए । सूर्यकुमार यादव पनि छिट्टै पेभिलियन फर्किए । उनलाई बडोनीले ७ रनमा आउट गरे ।

१८ रनमा शीर्ष चार विकेट गुमाएको मुम्बईको टोली समस्यामा परेको थियो । तर, तिलक वर्माले केरोन पोलार्डसँग पाँचौं विकेटका लागि ५७ रनको साझेदारी गरे । यद्यपि, त्यो पनि पर्याप्त भएन । तिलक १८ औं ओभरमा ३८ रन बनाएर आउट भए । अन्तिम ओभरमा मुम्बईलाई जितका लागि ३९ रन चाहिएको थियो र क्रुणाल पाण्ड्याले दुई विकेट लिएर खेल लखनउको पोल्टामा पुर्याए ।

यसअघि मुम्बईले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । लखनउको सुरुवात राम्रो हुन सकेन । २७ रनको स्कोरमा उसलाई पहिलो झट्का लाग्यो । क्विन्टन डी कक १० रन बनाएर आउट भए । केएल राहुल र मनिष पाण्डेले इनिङलाई सम्हाले र दोस्रो विकेटका लागि ५८ रनको साझेदारी गरे । तर, मनिष २२ रन बनाएर आउट भए । त्यसपछि मार्कस स्टोइनिस र क्रुणाल पाण्ड्या पनि सस्तोमा पेभिलियन फर्किए ।

लखनउ एक समयमा १०३ रनमा चार विकेट गुमाएर समस्यामा परेको थियो । तर, राहुलले रन बनाएर टोलीको स्कोरलाई अगाडि बढाउने काम जारी राखे । यस अवधिमा उनले आफ्नो शतक पूरा गरे र टोलीको स्कोर १६८ मा पुर्याए । राहुलले ६२ बलमा १०३ रन बनाएर अविजित रहे । यो सिजनको उनको दोस्रो शतक थियो र दुवै शतक उनले मुम्बईविरुद्ध बनाए ।

आजको खेलः पञ्जाब किंग्सविरुद्ध चेन्नई सुपर किंग्स – ७ः४५ बजे