• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

गठबन्धनको निर्णय कार्यान्वयनमा कठिनाई भएपछि शीर्ष नेताहरु सकसमा



फाईल फोटो

काठमाडौं । स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने निर्णय  तल्ला तहमा कार्यान्वयनमा कठिनाई भएपछि शीर्ष नेताहरु छलफलमा जुटेका छन्  I

आईतवार साँझ बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकले फेरि पनि पाँच दल बाहिर तालमेल नगर्ने निर्णय गरेका छन् । यसै गरी मनोनयन अघिसम्म बाँडफाँड मिलाउन अधिकतम कोशिस गर्ने, विगत समझदारीलाई सबै पक्षले इमान्दारीसाथ पालना गर्ने सहमति भएकाे छ ।

यसैगरी नमिलेका विषयहरु मिलाउन सोमबार बिहान ८ बजे अध्यक्षहरू बस्ने गरी सहमति भएकाे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका स्वकिय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।