१८ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितुवाको छाला सहित २ जना पक्राउ



अ+ अ-

गुल्मी । छत्रकोट गाउँपालिका-३ लुम्छा बजारस्थित घिमिरे होटल एण्ड लजबाट २ थान चितुवाको छाला सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा सोही गाउँपालिका-२ भेडवा बस्ने २७ वर्षीय सुमन खनाल र सोही ठाउँ बस्ने ३१ वर्षीय हरि बहादुर सार्की रहेका छन् ।

उक्त होटल एण्ड लजमा चितुवाको छालाको अबैध कारोबार हुँदैछ भन्ने खबर प्राप्त हुनासाथ लुम्बिनी प्रदेश ब्यूरोबाट खटिएको प्रहरीले कोठा जाँच गर्ने क्रममा उक्त होटलको कोठामा लुकाई राखेको उक्त छाला सहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।