२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकभर १० हजार १२ भन्दा बढी उम्मेदवारको मनोनयन दर्ता



अ+ अ-

काठमाडौ । स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि तोकिएको उम्मेदवारी मनोनयन दर्ताको पहिलो दिन आज दर्ता भएका उम्मेदवारीको विवरण अद्यावधिक हुने क्रम जारी रहेको छ ।

आयोगको सूचना प्रणालीमा आज साँझ ७ः३० बजेसम्म सबै पदमा कूल १० हजार १२ उम्मेदवारी दर्ता भएको प्रारम्भिक विवरण इन्ट्री भएको छ । सम्बन्धित निर्वाचन कार्यालयमा दर्ता भएका मनोनयनलाई प्राविधिकले इन्ट्री गर्ने र मुख्य निर्वाचन अधिकृतले प्रमाणीकरण गर्ने कार्य जारी रहेकाले यकिन तथ्याङ्क प्राप्त भइसकेको छैन ।

निर्वाचन आयोगको सूचना प्रविधि शाखाले ती तथ्याङ्क प्रशोधनको कार्य गरिरहेको छ । सो शाखाका अनुसार प्रणालीमा सङ्कलित विवरणअनुसार पालिकाका प्रमुख र अध्यक्ष पदमा कूल ९७३, उपप्रमुख र उपाध्यक्षमा ४९४, वडाध्यक्षमा दुई हजार ८२६ को उम्मेदवारीको विवरण सङ्कलन भएको छ । वडा सदस्यमा तीन हजार १९०, महिला सदस्यमा एक हजार ९१, दलित महिला सदस्यमा एक हजार ३० गरी कूल वडा सदस्यमा १० हजार १०७ दर्ता भएको छ ।

आयोगले गत चैत ४ मा स्वीकृत गरेको निर्वाचन कार्यक्रमअनुसार यही वैशाख ११ र १२ गते दुवै दिन बिहान १०ः०० बजेदेखि ५ः०० बजेसम्मका लागि मनोनयनपत्र दर्ता गर्ने समय निर्धारण गरिएको छ । वैशाख १२ गते मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने तय गरिएको छ । वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ ।

यसैबीच आज आयोगले विज्ञप्ति प्रकाशन गरी मनोनयन सकिएपछि मात्रै मतपत्र छपाइ गर्न सम्भव नहुने स्पष्ट गरेको छ । निर्वाचन प्रचार अवधिभन्दा १५ दिन अगाडि मतपत्र छपाइ गरिसक्नुपर्ने कानूनी व्यवस्था, मुलुकको भौगोलिक अवस्था, प्राविधिक र सुरक्षा र ढुवानी समेतको अवस्थालाई दृष्टिगत गर्दा मनोनयन दर्तापछि मतपत्र छपाइ गर्न सम्भव नहुने आयोगले जनाएको छ । रासस