२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले…
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकभर १० हजार १२ भन्दा बढी उम्मेदवारको मनोनयन दर्ता



अ+ अ-

काठमाडौ । स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि तोकिएको उम्मेदवारी मनोनयन दर्ताको पहिलो दिन आज दर्ता भएका उम्मेदवारीको विवरण अद्यावधिक हुने क्रम जारी रहेको छ ।

आयोगको सूचना प्रणालीमा आज साँझ ७ः३० बजेसम्म सबै पदमा कूल १० हजार १२ उम्मेदवारी दर्ता भएको प्रारम्भिक विवरण इन्ट्री भएको छ । सम्बन्धित निर्वाचन कार्यालयमा दर्ता भएका मनोनयनलाई प्राविधिकले इन्ट्री गर्ने र मुख्य निर्वाचन अधिकृतले प्रमाणीकरण गर्ने कार्य जारी रहेकाले यकिन तथ्याङ्क प्राप्त भइसकेको छैन ।

निर्वाचन आयोगको सूचना प्रविधि शाखाले ती तथ्याङ्क प्रशोधनको कार्य गरिरहेको छ । सो शाखाका अनुसार प्रणालीमा सङ्कलित विवरणअनुसार पालिकाका प्रमुख र अध्यक्ष पदमा कूल ९७३, उपप्रमुख र उपाध्यक्षमा ४९४, वडाध्यक्षमा दुई हजार ८२६ को उम्मेदवारीको विवरण सङ्कलन भएको छ । वडा सदस्यमा तीन हजार १९०, महिला सदस्यमा एक हजार ९१, दलित महिला सदस्यमा एक हजार ३० गरी कूल वडा सदस्यमा १० हजार १०७ दर्ता भएको छ ।

आयोगले गत चैत ४ मा स्वीकृत गरेको निर्वाचन कार्यक्रमअनुसार यही वैशाख ११ र १२ गते दुवै दिन बिहान १०ः०० बजेदेखि ५ः०० बजेसम्मका लागि मनोनयनपत्र दर्ता गर्ने समय निर्धारण गरिएको छ । वैशाख १२ गते मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने तय गरिएको छ । वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ ।

यसैबीच आज आयोगले विज्ञप्ति प्रकाशन गरी मनोनयन सकिएपछि मात्रै मतपत्र छपाइ गर्न सम्भव नहुने स्पष्ट गरेको छ । निर्वाचन प्रचार अवधिभन्दा १५ दिन अगाडि मतपत्र छपाइ गरिसक्नुपर्ने कानूनी व्यवस्था, मुलुकको भौगोलिक अवस्था, प्राविधिक र सुरक्षा र ढुवानी समेतको अवस्थालाई दृष्टिगत गर्दा मनोनयन दर्तापछि मतपत्र छपाइ गर्न सम्भव नहुने आयोगले जनाएको छ । रासस