२४ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ सदनमा प्रस्तुत नागरिकको आक्रोशलाई राज्यविरुद्धको प्रहार नठान्न रविको आग्रह हिमाल र हिमनदी निगरानीलाई राष्ट्रिय प्राथमिकता बनाउन सांसद राणाको माग साइबर बुलिङ गर्ने रास्वपा सदस्यलाई साधारण सदस्यबाटै हटाइने लामिछानेको चेतावनी भोटेकोसी बाढीका मृतकलाई ‘जलवायु अन्यायपीडित’ भन्दै न्यायका लागि पहल गर्ने लामिछानेको प्रतिबद्धता विपत्तिमा खिचातानी छाडेर राष्ट्रिय एकतामा जुट्न लामिछानेको आह्वान बाढी प्रतिकार्यमा सरकारको कामप्रति रवि लामिछाने सन्तुष्ट, भने– ‘प्रश्न गर्ने ठाउँ देखिनँ’ भोटेकोशी बाढीमा जलविद्युत् कर्मचारी उद्धार प्रभावकारी बनाउन सरकारसँग ठगुन्नाको आग्रह जेन–जीले परिकल्पना गरेको समाज निर्माण गर्न सक्यौँ कि सकेनौँ, गम्भीर समीक्षा गरौँ : अर्जुननरसिंह केसी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुस्कान खातुनलाई एसिड प्रहार गर्ने किशोर मियाँ पुनः पक्राउ



अ+ अ-

पर्सा । पर्साको १५ वर्षीया किशोरी मुस्कान खातुनलाई एसिड प्रहार गरेका १९ वर्षीय किशोर समशाद मियाँलाई प्रहरीले पुनः पक्राउ गरेको छ । प्रहरीले वीरगंज महानगरपालिका-२ छप्कैया बस्ने रौतहट परोहा गाउँपालिका ७ घर भएका मियाँलाई बुधबार पक्राउ गरेको हो ।

१५ वर्षीया मुस्कान खातुनलाई २०७६ भदौ २० गते बिहान वीरगंज महानगरपालिका- ४ गणेशमान चोकमा एसिड प्रहार गरेको घटनामा उनी संलग्न रहेका थिए । अदालतको २०७७ फागुन २६ गतेको फैसलाले बाँकी कैद ५ महिना १६ दिन पुन बालसुधार गृहमा राखी भुक्तान गर्ने गरी १ वर्ष कैद सजाय पाएका मियाँ फरार रहेका थिए ।

मियाँलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका २ ईदगाहबाट फेला पारी पक्राउ गरेको हो । यस अघि भने ज्यान मार्ने उद्योग तथा तेजाब प्रहार गरी अनुहार कुरुप पार्ने सम्बन्धि कसूरमा तत्काल १७ वर्षीय मियाँलाई पर्सा जिल्ला अदालतको आदेशले पुर्पक्षको लागि बालसुधार गृह पठाएको थियो ।

पिडित किशोरी मुस्कान खातुन यसअघि अन्तराष्ट्रिय साहसी महिला अवार्डबाट पनि सम्मानित भईसकेकी छिन् ।