२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

शल्य चिकित्सासम्बन्धि स्वास्थ्य उद्योग स्थापना गर्नका लागि सहयोग गर्न विश्व स्वास्थ्य संगठन समक्ष प्रस्ताव पेश (भिडियोसहित)



अ+ अ-

काठमाडौं । सरकारले शल्य चिकित्सासम्बन्धि स्वास्थ्य उद्योग स्थापना गर्नका लागि सहयोग गर्न विश्व स्वास्थ्य संगठन समक्ष प्रस्ताव पेश गरेको छ ।

नेपाल भ्रमणमा आएको विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस नेतृत्वको टोलीसँगको भेटमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य चिकित्सासम्बन्धि स्वास्थ्य उद्योग स्थापनाका लागि सहयोग गर्न प्रस्ताव गरेको हो । आईतबार डा. टेड्रोस नेतृत्वको टोलीको नेपाल भ्रमणबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले अत्यावश्यक औंषधिको उत्पादन नेपालमै गर्ने र त्यसका लागि विश्व स्वास्थ्य संगठनले सहयोग गर्नुपर्ने प्रस्ताव पनि राखिएको बताउनु भयो ।

भेटका अवसरमा डा. टेड्रोसले कोभिड १९ प्रतिकार्यका लागि निःशुल्क तथा समतामूलक खोप उपलब्धता तथा निःशुल्क कोभिड १९ परीक्षण, कोभिड १९ का केशहरुको निशुल्क उपचार तथा व्यवस्थापनका लागि गरेका प्रयासहरुको प्रशंशा गर्दै त्यसबाट विश्वका अन्य देशहरुले पनि सिक्नुपर्ने धारणा राख्नु भएको पनि उहाँले बताउनु भयो ।

स्वास्थ्यमन्त्री खतिवडाका अनुसार डा। टेड्रोसले नेपालमा हाल सफलतापूर्वक सम्पन्न भईरहेको टाईफाईड खोप अभियानको पनि प्रशंशा गर्नु भएको थियो भने नेपालमा अत्याधुनिक आनुवंशिक प्रयोगशालाको विकास गर्न उपकरण तथा प्रशिक्षणमा सहयोग गर्ने इच्छा पनि व्यक्त गर्नु भएको थियो । मन्त्री खतिवडाले भन्नु भयो, ‘नेपालमा बाल तथा स्त्री रोग ओन्कोलोजीमा केन्द्रित मातृ र बाल स्वास्थ्य सहकार्य केन्द्रको स्थापना, किटजन्य रोगको तालिम तथा अनुसन्धान केन्द्रलाई विश्व स्वास्थ्य संगठनको दक्षिणीपूर्वी एशीयाली क्षेत्रीय केन्द्रका रुपमा विकास गर्न, अत्यावश्यक औंषधि उत्पादन र शल्यचिकित्सासम्बन्धि स्वास्थ्य उद्योग स्थापना गर्न तथा नेपाली विज्ञहरुलाई अवसर तथा क्षमताका विकासका लागि विश्व स्वास्थ्य संगठनबाट मद्धतको लागि प्रस्ताव गरिएको छ ।’

भ्रमण टोलीमा रहनु भएका विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशीयाका लागि क्षेत्रीय निर्देशक डा। पुनम खेत्रपाल सिंहले नेपालले स्वास्थ्य क्षेत्रमा छुट्टयाएको बजेट दक्षिणपूर्वी एशीयाली देशहरु मध्येमा नै धेरै भएको भन्दै खुसी व्यक्त गर्नु भएको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्री खतिवडाले भेटमा डा. सिंहले स्वास्थ्य उपचार लागत कम गर्न सस्तो औषधि खरिद गर्न र उत्पादनको वातावरण बनाउन जोड गर्न नेपाल सरकारलाई आग्रह गरेको पनि जानकारी दिनु भयो । उहाँले भन्नु भयो, ‘नेपालमा स्वास्थ्य क्षेत्रका लागि छुट्टयाइएको बजेट जुन दक्षिण पूर्वी एशीया क्षेत्रका देशहरुमध्येकै धेरै रहेको कुराबाट आफू प्रभावित भएको छु । र म नेपालमा स्वास्थ्य उपचार लागत कम गर्न सस्तो औषधि खरिद तथा उत्पादनको वातावरण बनाउन जोड दिनुपर्ने धारणा उहाँले व्यक्त गर्नु भएको छ ।’

डा. टेड्रोस नेतृत्वको टोलीले यही बैशाख ८ गतेदेखि १० गतेसम्म तीन दिने नेपाल भ्रमण सम्पन्न गरेको थियो । मन्त्री खतिवडाले सो टोलीको नेपाल भ्रमण फलदायी रहेको बताउनु भयो ।