२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारी समक्ष चार देशका राजदूतले पेश गरे ओहदाको प्रमाणपत्र



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष चार देशका राजदूतहरुले आ(आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका छन् । बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उहाँहरुले आ-आफ्नो ओहदाको प्रमाणपत्र बुझाउनु भएको हो । 

ओहदाको प्रमाणपत्र बुझाउनेहरुमा नेपालका लागि इजिष्टियन राजदूत नोहा ह्‍यामडी अहमद इलिजिबली, नेपालका लागि जर्मन राजदूत डा. थोमस हेनरिक प्रिन्ज, नेपालका लागि नर्वेजियन राजदूत तोरुम ड्रामदल र नेपालका लागि फ्रान्सेली राजदूत जिल गुर्बाओ रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तका जानकारी दिनुभयो । 

नेपालका लागि चारैजना आवासीय राजदूतहरु हुन् । उक्त अवसरमा पराष्ट्रमन्त्री डा. नारायण खड्का लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति  रहेको थियो ।