११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारी समक्ष चार देशका राजदूतले पेश गरे ओहदाको प्रमाणपत्र



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष चार देशका राजदूतहरुले आ(आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका छन् । बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उहाँहरुले आ-आफ्नो ओहदाको प्रमाणपत्र बुझाउनु भएको हो । 

ओहदाको प्रमाणपत्र बुझाउनेहरुमा नेपालका लागि इजिष्टियन राजदूत नोहा ह्‍यामडी अहमद इलिजिबली, नेपालका लागि जर्मन राजदूत डा. थोमस हेनरिक प्रिन्ज, नेपालका लागि नर्वेजियन राजदूत तोरुम ड्रामदल र नेपालका लागि फ्रान्सेली राजदूत जिल गुर्बाओ रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तका जानकारी दिनुभयो । 

नेपालका लागि चारैजना आवासीय राजदूतहरु हुन् । उक्त अवसरमा पराष्ट्रमन्त्री डा. नारायण खड्का लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति  रहेको थियो ।