७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन

जबज जनवादी कार्यक्रम भएकोले अहिले पनि सान्दर्भिक छ- रामबहादुर थापा

जबज जनवादी कार्यक्रम भएकोले अहिले पनि सान्दर्भिक छ- रामबहादुर थापा
अ+ अ-

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा (बादल) ले जबज अहिले पनि सान्दर्भिक भएको बताउनुभएको छ । बिहीवार नेकपा एमाले विधान महाधिवेशन मुल समारोह समितिले गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै स्थायी कमिटी सदस्य बादलले जबज जनवादी कार्यक्रम भएकोले अहिले पनि सान्दर्भिक भएको बताउनुभएको हो । उहाँले जबजमा रहेका समाजवादमा संक्रमण गर्ने कार्यक्रमहरु लागू हुनुपर्ने बताउनुभयो ।

उहाँले महाधिवेशनले सिद्धान्तको निर्माण गर्ने बताउँदै नेता बादलले महाधिवेशनले देश र समाजको दीर्घकालीन सोच र परिवर्तन तथा नेपाल र नेपालीको भविष्यको विकास गर्ने बताउनुभयो । उहाँले महाधिवेशनमा राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान संसोधन प्रतिवेदन पेस हुने बताउँदै उत्पादक शक्ति र राष्ट्रिय पूँजीको विकास गर्ने कार्यक्रमहरु जबजमा रहेको बताउँदै जबजलाई अघि लिएर जानुपर्ने बताउँदै जबजका बारेमा राष्ट्रिय विधान महाधिवेशनमा प्रश्तुत गरिने बताउनुभयो ।

स्थायी कमिटी सदस्य थापाले भन्नुभयो, ‘जबजको कार्यक्रमा त्यसबेला जनवादको कार्यक्रम थियो र समाजवादमा संक्रमण गर्ने कार्यक्रम पनि थियो,त्यसैले तीनवटा कार्यक्रमका विशिष्ट रुपहरुलाई जबजको कार्यक्रम हो, पहिलो कार्यक्रम,हामीले जनवादी क्रान्ति सम्पन्न गरिसकेपछि, गणतन्त्रको स्थापना गरिसकेपछि हामीले सामन्तवादका अवशेषहरुको अन्त्य गर्ने कार्यक्रमहरु लागू गर्नुपर्छ भन्ने कुरा त्यसैबेला तय गरिएको थियो, जबजको कार्यक्रमको रुपमा,२०४९ सालको कुरा हो, पाचौँ महाधिवेशनमा अघि सारिएको थियो, मदन भण्डारी कमरेडद्वारा प्रश्तुत गरिएको कार्यक्रम थियो, दोस्रो,क्रान्तिकारी उपलब्धीहरुलाई सुदृढ गर्ने, र नेपाललाई द्रुत गतिमा विकास गर्ने कार्यक्रम भन्दा राष्ट्रिय पूँजीको विकास गर्ने, उत्पादक शक्तिहरुको विकास गर्ने, हामी एकैपटक समाजवादी कार्यक्रम लागू गर्न सक्दैनौँ,त्यसकारण समाजवादमा अघि बढ्नको निम्ति त्यसको पूर्वाधारहरु विकास गर्न जरुरी हुन्छ, त्यसका भौतिक, आर्थिक पूर्वाधारहरु विकास गर्न जरुरी छ, त्यसकारणले यसलाई राजनीतिक उपलब्धिहरुलाई सुदृढ गर्ने र देशको राष्ट्रिय पूँजीको विकास गर्ने कुराहरुलाई अगाडि सारिएको थियो, त्यो अहिले पनि सान्दर्भिक छ र अहिले पनि उत्पादक शक्ति र राष्ट्रिय पूँजीको विकास गर्ने कार्यक्रमहरु अघि लिएर जानुपर्छ ।’

स्थायी कमिटी सदस्य थापाले प्रतिवेदनमा अबको समाजवादको निर्माण कुन विचारधारा, सिद्धान्तले गर्न सक्छ र सही सिद्धान्त, सही विचार, के हो भन्ने कुराको संश्लेषण गरिएको बताउनुभयो । उहाँले विगतमा जनवादी क्रान्तिको आन्दोलनको वैचारिक मार्गदर्शन जबजले गरेको बताउनुभयो । स्थायी कमिटी सदस्य थापाले समृद्ध नेपाल, सुखी नेपालीको नारा समाजवादको आधार तयार गर्ने नीति अन्तर्गतकै भएको बताउनुभयो ।