२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्र निकट सम्पर्क समन्वय विशेष प्रदेश कमिटीको भेला तथा प्रशिक्षण कार्यक्रम हुने



अ+ अ-

काठमाडौं । शनिबार ७४ जिल्लाका प्रतिनिधि सहभागीमा नेकपा माओवादी केन्द्र निकट सम्पर्क समन्वय विशेष प्रदेश कमिटीको भेला तथा प्रशिक्षण कार्यक्रम हुँदैछ । कार्यक्रम राजधानीको आँगन पार्टी प्यालेसमा हुने भएको छ ।

कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रशिक्षणात्मक सम्बोधन गर्ने तय भएको छ । कार्यक्रमबाट बदलिएको परिस्थितिमा समाजवादको जग निर्माण गर्ने सन्दर्भमा देशव्यापी मन्थन हुने बताईएको छ । 

सम्पर्क समन्वय विशेष प्रदेश कमिटीको भेला कार्यक्रममा काठमाडौं, ललितपुर र भक्तपुर भने समेटिएको छैन । माओवादीले विभिन्न कमिटीहरूलाई पछिल्लो समय चलायमान बनाईरहेको छ ।