४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

दलको चिन्ह लिएर निर्वाचित हुने जनप्रतिनिधिहरु सोही दलको हुने: निर्वाचन आयोग

दलको चिन्ह लिएर निर्वाचित हुने जनप्रतिनिधिहरु सोही दलको हुने: निर्वाचन आयोग
अ+ अ-

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दलको चिन्ह लिएर निर्वाचित हुने जनप्रतिनिधिहरु सोही दलको हुने स्पष्ट पार्नु भएको छ । शनिबार सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले गठबन्धन भन्ने शब्द स्थानीय तह निर्वाचन कानुनमा नभएको उल्लेख गर्दै दलको चिन्ह लिएर निर्वाचित भएकाहरु सोही दलको जनप्रतिनिधि हुने प्रष्टयाउनु भएको हो । तर, स्वतन्त्र चिन्ह लिएर उम्मेदवार भएकाहरु निर्वाचित भए भने उनीहरु स्वतन्त्र जनप्रतिनिधि नै हुने कानुनी व्यवस्था रहेको समेत उहाँले स्मरण गराउनु भयो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नु भयो, ‘हाम्रो स्थानीय तह निर्वाचन सम्बन्धि कानुनमा गठबन्धन भन्ने शब्द छैन । अव हुँदै नभएको कुरा आयोगले जान्ने कुरा पनि भएन । त्यसकारण हामी के बुझ्दछौं भने–यदि कोही व्यक्तिले कुनै पनि राजनीतिक दलको उम्मेदवारको हकमा त्यो दलले दिएको मनोनयन पत्रको आधारमा उम्मेदवारी दर्ता हुन्छ । अव त्यो उम्मेदवारी दर्ता हुने व्यक्ति त्यो दलको सदस्य हो कि होइन, कहिले प्रवेश गरेको हो, उसको त्यहाँ पार्टीमा के हैसियत छ ? भन्ने विषय आयोगको विषय होईन । त्यसकारण जुन चिन्हबाट ऊ उम्मेदवारी दिन्छ र निर्वाचित हुन्छ । त्यही दलको हो भन्ने निधो हुन्छ ।

तर, यदि कोही स्वतन्त्र रुपमा उम्मेदवार भएर स्वतन्त्र चिन्हबाट उसले निर्वाचन जित्यो भने ऊ स्वतन्त्र हुन्छ । कुनै दलबाट निर्वाचित पदाधिकारीले त्यो दल त्याग गरेर अर्को दलमा गएमा वा त्यो दलले गर्नुपर्ने कामभन्दा विपरित कार्य गरेको भनि त्यो दलको केन्द्रिय कमिटीले निर्णय गरेर आयोगमा निजलाई हटाई दिनुप¥यो भनेर आयोगले आवश्यक प्रक्रिया पूरा गरी डकुमेन्ट हेरेर १५ दिन भित्रमा आयोगले त्यो पद रिक्त भएको घोषणा गर्छ ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले कुनै दलबाट निर्वाचित जनप्रतिनिधिले सो दल त्याग गरेमा वा त्यो दलले गर्नुपर्ने भन्दा विपरित काम गरेमा त्यो दलको केन्द्रिय कमिटीले हटाउनका लागि निवेदन दिएमा १५ दिन भित्र सो पद रिक्त रहेको घोषणा गर्ने अधिकार आयोगलाई रहेको पनि बताउनु भयो ।

उहाँले स्थानीय तह निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरण सम्पन्न गराउने काममा आम सञ्चार माध्यामले महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा आयोग विश्वस्त रहेको पनि पटकपटक दोहो-याउनु भयो ।