• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   शून्य समय: संसद् अवरुद्धले नागरिकका गुनासा सम्बोधन हुन पाएनन  ★   सिक्किममा एसकेएम र अरुणाचलमा भाजपाको सरकार ★   स्रोत सङ्कुचनका बाबजुद पनि वस्तुवादी बजेट आयो: अर्थमन्त्री पुन ★   एक ओभरमा ११ बल फ्याँकेर लाजमर्दो कीर्तिमान राखे क्यानेडियन बलरले ★   राज्यका सबै अङ्ग र तहमा भ्रष्टाचार र ढिलासुस्ती बढ्दै गयो: नेकपा एस ★   टी–२० विश्वकपको पहिलो खेलमै १० छक्का प्रहार गर्ने आरोन जोन्स को हुन् ? ★   सहकारी ठगहरुलाई कारबाही नगरेमा लोकतन्त्र र गणतन्त्रको कुनै औचित्य छैन: अध्यक्ष केसी ★   सन्दीप लामिछानेलाई अमेरिकाले भिसा उपलब्ध नगराएकोमा राप्रपा प्रमुख सचेतक शाहीको आपत्ति ★   दिल्लीका मुख्यमन्त्री केजरीवालले तिहाड जेलमा आत्मसमर्पण गर्दै ★   पुराना पार्टीहरु देशको अवस्था रास्वपाले बिगारेको भनेर पन्छिन खोजेका छन्: सांसद झा

भैरव अर्यालको प्रतिमा अनावरण



काठमाडौं । नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको प्रतिमा अर्यालको पुख्र्यौली थाकथलो जोरपाटी अर्याल गाउँ (हालको गोकर्णेश्वर-७) मा अनावरण गरिएको छ ।

अर्यालका घनिष्ठ मित्र समेत रहनु भएका वरिष्ठ साहित्यकार÷पत्रकार आदरणीय रोचक घिमिरेले शनिवार एक कार्यक्रमबीच प्रतिमा अनावरण गर्नु भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै भैरव पुरस्कार गुठीका अध्यक्ष समेत रहनु भएका घिमिरेले नेपाली व्यङ्ग्य साहित्यका महान् सर्जक अर्यालका रचनाहरू अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो ।

व्यङ्ग्य साहित्य बाहेक समालोचना र पत्रकारितामा पनि अर्याल पोख्त रहनु भएको घिमिरेले बताउनुभयो । वरिष्ठ साहित्यकार विजय चालिसेले व्यङ्ग्य साहित्यमा अर्याललाई कसैले अहिले सम्म चुनौती दिन नसकेको दाबी गर्नुभयो ।

गोकर्णेश्वर नगरपालिका वडा नम्बर ७ का अध्यक्ष केशव गुरुङले राष्ट्रकै गहना अर्यालको सम्मान गर्न पाउँदा नगरपालिका परिवार गौरवान्वित भएको बताउनुभयो । अर्थविद् डाक्टर रेवतबहादुर कार्कीले अर्यालको व्यङ्ग्य साहित्य उच्च कोटीको रहेको बताउनुभयो । स्थानीय पुण्यप्रसाद दाहालले अन्यत्र अपहेलित अवस्थामा रहेको अर्यालको प्रतिमलाई उहाँकै पुख्र्यौली थाकथलोमा राख्न पाउँदा गौरव लागेको बताउनुभयो ।

तत्कालीन जोरपाटी गाविसका अध्यक्ष तथा साहित्यकार गोपाल बरालले भैरव पुरस्कार गुठीले स्थापनाकाल देखि गर्दै आएको गतिविधिबारे प्रकाश पार्नुभयो । स्थानीय समाजसेवी अर्जुन गौतमको सभापतित्वमा भएको कार्यक्रममा अर्यालका जेष्ठ सुपुत्र प्राध्यापक डाक्टर दीपक अर्यालले यस्ता रचनात्मक कार्यमा परिवारजनको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।

अर्यालको पूर्ण कदको सालिक (महाकवि लक्ष्मीप्रसाद देवकोटा र आख्यानकार रमेश विकल सहित) कागेश्वरी मनहरा नगरपालिकास्थित आलापोट फुयाल गाउँमा पनि रहेको छ भने अर्धकदको सालिक हेटौडाको पुष्पलाल चोकमा अवस्थित छ ।

गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा अर्यालको पूर्ण कदको सालिकको निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको छ ।