२४ भाद्र २०८३, बुधबार
,
Latest
विश्वमै असामान्य विपत्ति हो भोटेकोशी बाढी : टनेल विशेषज्ञ डिक्स राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ सदनमा प्रस्तुत नागरिकको आक्रोशलाई राज्यविरुद्धको प्रहार नठान्न रविको आग्रह हिमाल र हिमनदी निगरानीलाई राष्ट्रिय प्राथमिकता बनाउन सांसद राणाको माग साइबर बुलिङ गर्ने रास्वपा सदस्यलाई साधारण सदस्यबाटै हटाइने लामिछानेको चेतावनी भोटेकोसी बाढीका मृतकलाई ‘जलवायु अन्यायपीडित’ भन्दै न्यायका लागि पहल गर्ने लामिछानेको प्रतिबद्धता विपत्तिमा खिचातानी छाडेर राष्ट्रिय एकतामा जुट्न लामिछानेको आह्वान बाढी प्रतिकार्यमा सरकारको कामप्रति रवि लामिछाने सन्तुष्ट, भने– ‘प्रश्न गर्ने ठाउँ देखिनँ’ भोटेकोशी बाढीमा जलविद्युत् कर्मचारी उद्धार प्रभावकारी बनाउन सरकारसँग ठगुन्नाको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिममा ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि



अ+ अ-

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा ३५ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । प्रदेशमा पीसीआर र एन्टिजेन विधिबाट एक हजार १४ जनाको कोरोना परीक्षण गरिएको थियो । 

सेती प्रादेशिक अस्पतालमा पीसीआर परीक्षणका क्रममा २२ तथा एन्टिजेन विधिमार्फत परीक्षण गर्दा कञ्चनपुरमा ११ र दार्चुलामा दुई जनामा सङ्क्रमण पुष्टि भएको हो । सो अवधिमा प्रदेशभर ३९ जना  कोरोनाबाट मुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिका–४ का ८४ वर्षीय पुरुष छन् । बुधबार सुदूरपश्चिममा ३३ सङ्क्रमित थपिएका थिए भने १७ जना निको भए ।