१८ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोभिड–१९ को जानकारी नेपाली भाषामा



अ+ अ-

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले कोभिड–१९ सम्बन्धी जानकारी अब नेपाली भाषामा उपलब्ध गराउने भएको छ । डब्लुएचओले पाँचमा विज्ञान (‘साइन्स इनफाइभ’) कार्यक्रममार्फत पोडकाष्टबाट कोभिड–१९ सम्बन्धी जानकारी गराउने भएको हो । भोलिदेखि प्रत्येक शुक्रबार दृश्य र श्रव्यमा दुवैमा कोभिड–१९ को जानकारी गराउने छ । 

कोभिड–१९ सम्बन्धी अफवाह र गलत समाचार फैलिन थालेपछि डब्लुएचओले इन्टरनेट प्रयोगकर्तालाई लक्षित गरी यो पोडकाष्ट थालेको हो । यसले अफवाहलाई चिर्न र सत्य सूचनामा मात्रै विश्वास गर्न सहयोग मिल्ने बताइएको छ । 

पोडकाष्टका नयाँ अङ्क प्रत्येक शुक्रबार साउण्ड क्लाउडमा पाँचमा विज्ञान च्यानलमार्फत प्रसारण गरिनेछन् । भोलिदेखि प्रसारण गरिने पोडकाष्टको पहिलो अङ्कमा डब्लुएचओकी मातृ तथा नवजात शिशु स्वास्थ्य विज्ञ डा ओज्गे टुनचाल्पले कोभिड–१९ महामारीका समयमा गर्भवती तथा गर्भाधारणको योजनामा रहेका महिलाले ध्यान दिनुपर्ने विषयमा छलफल गर्नुहुनेछ ।