१८ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानवअधिकारको प्रत्याभूति गराउन प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री केसी



अ+ अ-

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले नागरिकलाई मानवअधिकारको प्रत्याभूति गराउन प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । हरेक नागरिकको सम्मानपूर्वक बाँच्न पाउने अधिकारको सुनिश्चितताका लागि प्रदेश सरकार लागिपरेको उहाँले उल्लेख गर्नुभयो । 

राष्ट्रिय मानवअधिकार आयोगको आयोजनामा आज बुटवलमा आयोजित विश्वव्यापी आवधिक समीक्षासम्बन्धी कार्यशाला गोष्ठीमा मुख्यमन्त्री केसीले द्वन्द्वका मारमा परेका नागरिकको समस्या समाधान गर्नका लागि सङ्घीय सरकारले पहल गर्नुपर्नेमा जोड दिनुभयो । 

मानवअधिकार आयोगका सचिव मुरारी खरेलले नेपालमा जातीय, लिङ्गीय, धार्मिक, साँस्कृतिकलगायत अधिकारको प्रत्याभूति गराउन आवश्यक भएको उल्लेख गर्नुभयो । 

लुम्बिनी प्रदेशका कानून, महिला तथा बालबालिका, ज्येष्ठ नागरिक मन्त्रालयका सचिव राजेन्द्र थापाले नेपालमा मानव अधिकारको अवस्थामा सुधार हुँदै गएको बताउनुभयो ।