२४ भाद्र २०८३, बुधबार
,
Latest
विश्वमै असामान्य विपत्ति हो भोटेकोशी बाढी : टनेल विशेषज्ञ डिक्स राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ सदनमा प्रस्तुत नागरिकको आक्रोशलाई राज्यविरुद्धको प्रहार नठान्न रविको आग्रह हिमाल र हिमनदी निगरानीलाई राष्ट्रिय प्राथमिकता बनाउन सांसद राणाको माग साइबर बुलिङ गर्ने रास्वपा सदस्यलाई साधारण सदस्यबाटै हटाइने लामिछानेको चेतावनी भोटेकोसी बाढीका मृतकलाई ‘जलवायु अन्यायपीडित’ भन्दै न्यायका लागि पहल गर्ने लामिछानेको प्रतिबद्धता विपत्तिमा खिचातानी छाडेर राष्ट्रिय एकतामा जुट्न लामिछानेको आह्वान बाढी प्रतिकार्यमा सरकारको कामप्रति रवि लामिछाने सन्तुष्ट, भने– ‘प्रश्न गर्ने ठाउँ देखिनँ’ भोटेकोशी बाढीमा जलविद्युत् कर्मचारी उद्धार प्रभावकारी बनाउन सरकारसँग ठगुन्नाको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

धर्मलाई पर्यटनसँग जोडेर अगाडि बढ्नुपर्छ : मुख्यमन्त्री पोखरेल



अ+ अ-

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले धर्मलाई पर्यटनसँग जोडेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ । तनहुँको भानु नगरपालिका–१३, चन्द्रावतीस्थित प्राचीन एवं ऐतिहासिक नैनेश्वर महादेव मन्दिरको भौतिक पूर्वाधार निर्माणका लागि रकम सङ्कलन गर्ने उद्देश्यसहित आजदेखि शुरु महायज्ञको उद्घाटन कार्यक्रममा उहाँले धार्मिकस्थलको प्रवद्र्धनका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो । 

धार्मिक महत्व बोकेका ठाउँलाई पर्यटकीय गन्तव्य बनाउने हिसाबले कार्ययोजना बनाउनुपर्ने चर्चा गर्दै मुख्यमन्त्री पोखरेलले भन्नुभयो, “नैनेश्वर महादेव मन्दिरको धार्मिक आस्था त छँदैछ, पुरातात्विक महत्व पनि छ, तर यसलाई पर्यटनसँग गाँसेर अगाडि बढाउनुपर्छ ।” उहाँले यस ठाउँको विकासका लागि प्रदेश सरकारले पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

पछिल्लो समय गण्डकी प्रदेश बाढीपहिराबाट प्रभावित भएको चर्चा गर्दै उहाँले बाढीपहिराले अवरुद्ध भएका सडक दसैँअगाडि नै खुलाउन सम्बन्धित निकायलाई निर्देशन दिएको बताउनुभयो । सरकार गठन हुँदा कोभिडका साथै बाढीपहिराको पनि चुनौती आएको भन्दै उहाँले विपद्बाट क्षति भएका संरचना पुनःनिर्माणका लागि प्रदेश सरकार गम्भीर रहेको बताउनुभयो । आगामी बजेटमा छुटेका बहुवर्षीय योजनालाई समावेश गरिने बताउँदै मुख्यमन्त्री पोखरेलले त्यस्ता केही योजना भए प्रक्रियागतरूपमा आउन आग्रह गर्नुभयो । 

करिब २०० वर्ष पुुरानो उक्त मन्दिर भग्नावशेष बन्दै गएकाले महायज्ञबाट सङ्कलित रकमले मन्दिरको पुनःनिर्माण गर्ने लक्ष्य राखिएको छ । नैनेश्वर महादेव मन्दिरको आयोजनामा सुरु महायज्ञ असोज २६ गतेसम्म सञ्चालन हुने र महायज्ञबाट करिब रु एक करोड दान सङ्कलनको अपेक्षा गरिएको महायज्ञ मूल समारोहका समितिका सचिव कुवेर खनालले जानकारी दिनुभयो । 

प्राचीन एवं ऐतिहासिक महत्व बोकेको सो मन्दिरलाई पर्यटकीय गन्तव्यका रुरूपमा विकास गर्ने योजना लिइएको छ । धार्मिक अनुष्ठान, पितृ मोक्ष महोत्सव तथा ज्ञान महायज्ञमा पण्डित कपिलदेव भट्टले कथावाचन गर्नुहुनेछ । कार्यक्रम अवधिभर सामूहिक पितृ तर्पण, अन्नदान, भूमिदान, ब्राह्मण भोजन र पितृको फोटो राखी पूजा गर्न सकिने आयोजकले जनाएको छ ।