१६ असार २०८३, मंगलवार
,
Latest
मोरक्कोले नेदरल्यान्ड्सलाई हराउँदै विश्वकपको अन्तिम १६ मा प्रवेश संसदीय बहसलाई तथ्यमा आधारित र परिणाममुखी बनाउनुपर्नेमा अध्यक्ष दाहालको जोड संसदको गरिमा उच्च राख्न सांसदको भाषा र पोशाक मर्यादित हुनुपर्छः मन्त्री गौतम शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वताः भीष्मराज आङदेम्बे राष्ट्रिय प्रकृति संरक्षण कोषमा ३ जना विख्यात विज्ञ तथा व्यक्तित्वहरू सदस्यमा मनोनित पहिराले दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता दोहामा वार्ताका लागि इरानले प्रश्ताव गरेको ट्रम्पको दाबी, इरानद्वारा खण्डन अफगानिस्तानको सीमावर्ती क्षेत्रमा पाकिस्तानी हवाई आक्रमणः ३६ जनाको मृत्यु, १६३ घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव नेपालको स्वास्थ्यमा क्रमिक सुधार, स्वास्थ्य अवस्था सामान्य



अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालको इलेक्ट्रोलाइट सोडियम लेभलमा सुधार आएको छ । त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले आज प्रेस विज्ञप्ति जारी गर्दै नेता नेपालको इलेक्ट्रोलाइट सोडियमको स्तर सामान्यभन्दा कम रहेको जानकारी दिनुभएको छ । 

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता नेपालको शरीरको तापक्रम, रक्तचापलगायत अन्य अवस्था सामान्य रहेको उहाँले बताउनुभएको छ । नेता नेपालको मौसमी ज्वरो (सिजनल भाइरस फिवर) सम्बन्धी स्वास्थ्य अवस्थाको उपचार भइरहेको अस्पतालले जनाएको छ । 

नेता नेपालको कोभिड–१९ परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको छ । आज अपराह्न ३ः३० बजे उहाँको छातीको सिटी स्वयानिङसमेत गरिएको थियो । सामान्य ज्वरो, बान्ता आउने, पेटमा गडबडी र छातीमा केही समस्या देखिएपछि बुधबार उहाँलाई अस्पतालमा भर्ना गरिएको थियो । उहाँको अहिले ५०१ नम्बरको शय्यामा रहेर उपचार भइरहेको छ ।