१६ असार २०८३, मंगलवार
,
Latest
मोरक्कोले नेदरल्यान्ड्सलाई हराउँदै विश्वकपको अन्तिम १६ मा प्रवेश संसदीय बहसलाई तथ्यमा आधारित र परिणाममुखी बनाउनुपर्नेमा अध्यक्ष दाहालको जोड संसदको गरिमा उच्च राख्न सांसदको भाषा र पोशाक मर्यादित हुनुपर्छः मन्त्री गौतम शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वताः भीष्मराज आङदेम्बे राष्ट्रिय प्रकृति संरक्षण कोषमा ३ जना विख्यात विज्ञ तथा व्यक्तित्वहरू सदस्यमा मनोनित पहिराले दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता दोहामा वार्ताका लागि इरानले प्रश्ताव गरेको ट्रम्पको दाबी, इरानद्वारा खण्डन अफगानिस्तानको सीमावर्ती क्षेत्रमा पाकिस्तानी हवाई आक्रमणः ३६ जनाको मृत्यु, १६३ घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकको दैनिकी सहज बनाउन मुख्यमन्त्री शाहीको निर्देशन



अ+ अ-

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नागरिकको दैनिकी सहज बनाउने गरी काम गर्न प्रदेशभरका सबै कार्यालय प्रमुखलाई निर्देशन दिनुभएको छ ।

प्रदेशका १० वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, डिभिजन सडक, पूर्वाधार विकास निर्देशनालय, सिँचाइ, यातायातलगायत कार्यालयका प्रमुखसँग आज भर्चुअल बैठक गर्दै मुख्यमन्त्री शाहीले दसैँ तिहारको अवधिमा नागरिकको सहज जीवनयापन लागि तयार हुन निर्देशन दिनुभयो । “चाडपर्वका अवधिमा कर्णालीका नागरिकलाई विभिन्न कठिनाइ आउन सक्छन्”, उहाँले भन्नुभयो । समस्याको तत्काल समाधान हुने गरी काम गर्न मुख्यमन्त्री शाहीले निर्देशन दिनुभयो । 

जिल्लामा मूल्य कायम गरिएअनुसार बिक्री वितरण भए नभएको, अखाद्य वस्तु, खाद्य तथा अन्य उपभोग्य वस्तुको बजार अनुगमन गर्र्नुपर्नेमा उहाँले जोड दिनुभयो । “दसैँ तिहार मनाउन घर हिँडेका सबै नागरिकलाई शान्ति, सुरक्षा र सहज यात्राको अनुभूति गराउनुस्”, उहाँले निर्देशन दिनुभयो । जनताको स्वास्थ्य अवस्थामा नकारात्मक असर पर्न नदिन, क्षमताभन्दा बढी यात्रु हाल्ने क्रम रोक्न, तोकिएकोभन्दा बढी शुल्क नअसुल्न, जुवातास अनुगमनको दायरालाई बढाउन र कोरोना महामारीमा ध्यान दिएर दसैँ मनाउने सन्देश प्रवाह गर्न मुख्यमन्त्री शाहीले सुझाउनुभयो ।

प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले चिकित्सकको अभावलाई पूर्ति गर्न सरकारसँग अनुरोध गर्नुभयो । सबै जिल्लामा शान्ति सुरक्षा कायम राख्नतर्फ प्रदेश सरकारले ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । 

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक गणेशबहादुर ऐरले सबै जिल्लाको शान्ति सुरक्षाका लागि आवश्यक व्यवस्था मिलाईने बताउनुभयो । प्रदेशभर घटेका विभिन्न घटनाको विवरणबारे जानकारी दिँदै उहाँले घटना न्यूनीरकण गर्न दसँै तिहार विशेष सुरक्षा योजना अघि बढाइएको बताउनुभयो ।