१८ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँकेमा चाडपर्व लक्षित सुरक्षा योजना लागू



अ+ अ-

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले चाडपर्वका बेला हुने सम्भावित घटनालाई लक्षित गरी एकीकृत सुरक्षा योजना लागू गरेको छ । दसैँ, तिहार र छठ पर्वका बेला हुनसक्ने चोरी, डकैती, ठगीलगायत आपराधिक गतिविधिलाई ध्यान दिँदै सुरक्षा योजना लागू गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले बताउनुभयो । 

उहाँका अनुसार, एकीकृत सुरक्षा योजनाअन्तर्गत विशेष टोली परिचालन गरिएको छ । मूलतः जिल्लाको भारतीय सीमा नाका जमुनाहादेखि कोहलपुरसम्म सुरक्षा निगरानी बढाइएको छ । यसैगरी प्रशिक्षित कुकुरसहित सादा पोशाकका झण्डै १५० प्रहरीसमेत परिचालन गरिने जनाइएको छ भने नागरिकको सुरक्षाका लागि जमुनाहा नाकादेखि कोहलपुरसम्म विभिन्न स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । 

त्यस्तै राजमार्ग क्षेत्रमा ‘रिफ्रेस सेन्टर’ स्थापना र ‘सरप्राइज चेकिङ’को व्यवस्था गरिएको जनाइएको छ । स्थानीय प्रशासनसँगको समन्वयमा बजार अनुगमन गर्ने विषयलाई समेत सुरक्षा योजनामा समेटिएको छ । 

अर्कोतर्फ जिल्ला प्रहरी कार्यालय बाँकेले सर्वसाधारणका लागि आज एक सूचना जारी गर्दै यात्रा गर्दा वा अन्य जुनसुकै अवस्थामा अपरिचित व्यक्तिले दिएको कुनै पनि वस्तु नखान, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउन आग्रह गरेको छ । 

नागरिककले चाडपर्वमा अनावश्यक गरगहनाको प्रदर्शन तथा गरगहना लगाएर एक्लै हिँडडुल नगर्न, रातको समयमा सुत्नुअघि झ्याल ढोका राम्रोसँग बन्द गर्नसमेत आग्रह गरिएको प्रवक्ता न्यापानेले बताउनुभयो । कोरोना जोखिमलाई न्यूनीकरण गर्न स्यानिटाइजर तथा मास्कको प्रयोग र सामाजिक दूरीको पालना गरी चाडपर्व मनाउनसमेत प्रहरीले आग्रह गरेको छ ।