२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

डब्ल्यूएचओका महानिर्देशकद्वारा खोपकेन्द्रको अवलोकन

डब्ल्यूएचओका महानिर्देशकद्वारा खोपकेन्द्रको अवलोकन
अ अ+ अ-

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले ललितपुरको पाटन माध्यामिक विद्यालयस्थित खोपकेन्द्रको अवलोकन गर्नुभएको छ ।

शुक्रवार महानिर्देशक गेब्रेयससले पाटन माध्यामिक विद्यालयस्थित खोपकेन्द्रको अवलोकन गर्नुभएको हो । खोप केन्द्रबाट अहिले १५ महिना भन्दा माथिका र १५ वर्ष भन्दा कम उमेर समूहका बालबालिकालाई टाइफाइडबिरुद्धको खोप सञ्चालन भइरहेको छ । गत चैत्र २५ गतेबाट सरकारले देशभरका विभिन्न विद्यालयका खोपकेन्द्र स्थापना गरी टाइफाइडबिरुद्धको खोप अभियान सञ्चालन गरिरहेको छ । यो अभियान वैशाख १८ गतेसम्म सञ्चालन हुनेछ ।

त्यस्तै सरकारले खोपकेन्द्रहरुबाट टाइफाइडबिरुद्धको खोप र कोरोनाबिरुद्धको खोप पनि सञ्चालन गरिरहेको जनाएको छ । खोपकेन्द्र अवलोकनका क्रममा महानिर्देशन गेब्रेयससले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग भेट गर्नुभएको थियो । भेटपछि सञ्चारकर्मीहरुसँग बोल्दै मेयर महर्जनले महानिर्देशक गेब्रेयससले नेपालले कोभिड १९ बिरुद्ध सफलता पाएको र सोही कामको अवलोकन गर्नुभएको बताउनु भयो । उहाँले ललितपुर महानगर क्षेत्रमा रहेको खोपकेन्द्रको अवलोकन गर्नु आगामी दिनमा नेपाल र ललितपुर महानगरपालिकालाई जनस्वास्थ्यको क्षेत्रमा सहयोगका लागि छलाङ मार्ने अवसर हुने बताउनु भयो ।

मेयर महर्जनले भन्नुभयो, ‘कोभिड १९ पछि हामीले गरेका राम्रा कामको अवलोकन भ्रमण हो यो । यो हाम्रो निमित्त धेरै महत्वपूर्ण छ । उहाँको भ्रमणले पक्कैपनि स्वास्थ्य क्षेत्रमा भविष्यमा छलाङ मार्नेछ । आजको भ्रमणले ललितपुर महानगरपालिका र डब्ल्यूएचओमार्फत नेपाल सरकारले भविष्यमा यस्तो किसिमको कार्यक्रममा थप सहयोग प्राप्त हुनेछ भन्ने मेरो भनाइ रह्यो ।’

मेयर महर्जनले भेटका क्रममा महानिर्देशक गेब्रेयससले आगामी दिनमा नेपालको जनसवस्थ्यको क्षेत्रमा थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको जानकारी दिनुभयो । सरकारले गत वर्षको चैत्र २५ गतेदेखि देशभरका विभिन्न विद्यालयहरुमा खोप केन्द्र राखेर टाइफाइडबिरुद्धको खोप अभियान सञ्चालन गरिरहेको छ ।

खोप अभियानको पहिलाे चरणमा सरकारले १५ महिना भन्दा माथि र १५ वर्ष भन्दा मुनिका बालबालिकाहरुलाई लक्षित गरेर खोप अभियान शुरु गरेको छ । यो अभियानमा लगभग ७५ लाख बालबालिकाले लाभ लिने सरकारको अनुमान छ ।

नेपाल भ्रमणका क्रममा रहनुभएका महानिर्देशक गेब्रेयससले गत बिहीवार स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडा, परराष्ट्रमन्त्री डा. नारायण खड्का र उच्च पदस्थ व्यक्तिहरुसँग भेट गर्नुभएको थियो । आजै उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम छ ।