१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको केन्द्रीय कार्यालय आजबाट ललितपुरको च्यासलमा



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय कार्यालयको सञ्चालन आजबाट ललितपुरको च्यासलमा सुरु हुने भएको छ । एमाले केन्द्रीय कार्यालयको अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टीको ७४औँ स्थापनाको दिवस पारेर एमाले केन्द्रीय कार्यालय तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनबाट सञ्चालन हुन लागेको हो । गत २०७२सालको को महाभूकम्पपछि बल्खुमा रहेको केन्द्रीय कार्यलय भत्किएपछि धुम्वाराहीस्थित पासाङ ल्हामु स्मृति प्रतिष्ठानमा बाट एमालेको केन्द्रीय कार्यलय संञ्चालन भएको थियो ।

केही बर्ष पासाङ ल्हामु स्मृति प्रतिष्ठानमा रहेको एमाले केन्द्रीय कार्यालय एक वर्षअघि थापाथली हाईटमा रहेको एक घरमा सरेको थियो ।

थापाथलीस्थित भवन साँघुरो भएपछि एमाले केन्द्रीय समितिको दोस्रो बैठकले केन्द्रीय कार्यालय च्यासलमा सार्ने निर्णय गरेसँगै आजबाट तुल्सीलाल स्मृति प्रतिष्ठानमा सरेको हो ।