११ भाद्र २०८३, बिहीबार
,
Latest
त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवादेखि चितवनसम्म ठूलो क्षति, खोज तथा उद्धार कार्य तिब्र भोटेकोशी बाढी : १६२ जनाको शव फेला, २८ प्रहरी अझै बेपत्ता भोटेकोशी बाढीको वितण्डा- फोटो फिचर भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई तत्काल करिब १९ करोड सहयोग घोषणा टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ हैदराबादसँग खेल्दै त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षा बाढीका कारण हालसम्म १५७ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको केन्द्रीय कार्यालय आजबाट ललितपुरको च्यासलमा



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय कार्यालयको सञ्चालन आजबाट ललितपुरको च्यासलमा सुरु हुने भएको छ । एमाले केन्द्रीय कार्यालयको अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टीको ७४औँ स्थापनाको दिवस पारेर एमाले केन्द्रीय कार्यालय तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनबाट सञ्चालन हुन लागेको हो । गत २०७२सालको को महाभूकम्पपछि बल्खुमा रहेको केन्द्रीय कार्यलय भत्किएपछि धुम्वाराहीस्थित पासाङ ल्हामु स्मृति प्रतिष्ठानमा बाट एमालेको केन्द्रीय कार्यलय संञ्चालन भएको थियो ।

केही बर्ष पासाङ ल्हामु स्मृति प्रतिष्ठानमा रहेको एमाले केन्द्रीय कार्यालय एक वर्षअघि थापाथली हाईटमा रहेको एक घरमा सरेको थियो ।

थापाथलीस्थित भवन साँघुरो भएपछि एमाले केन्द्रीय समितिको दोस्रो बैठकले केन्द्रीय कार्यालय च्यासलमा सार्ने निर्णय गरेसँगै आजबाट तुल्सीलाल स्मृति प्रतिष्ठानमा सरेको हो ।