• १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
  •   Unicode
Logo
Latest
★   इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो, को अगाडि ? ★   न्यायाधीश र अधिवक्तामाथिको लाञ्छना आपत्तिजनक: सर्वोच्च बार ★   प्रधानमन्त्रीद्वारा देशकै सर्वाधिक ठूलो विद्युत् सबस्टेसन उद्घाटन ★   बझाङ-१ मा एमालेको अग्रता कायमै ★   इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ र ३ को मतगणना सकियो ★   फुपुको छोरीको हत्या गरी फरार रहेका अभियुक्त ९ वर्षपछि पक्राउ ★   खेलाडीले प्रेसर अझै राम्रोसँग म्यानेज गर्नसक्थेँ– प्रशिक्षक मोन्टी ★   सन्दीपको मुद्दा आज पनि हेर्न नभ्याइनेमा ★   नेपालमा लगानीका लागि धेरै सम्भावना छन्: मन्त्री चौधरी ★   इलाम अपडेटः कांग्रेसको अग्रता कायमै, कसको मत कति ?

भण्डारी र आश्रितको शालिक तोडफोड घटनाप्रति फाउण्डेशनको ध्यानाकर्षण



काठमाडौ । मदन भण्डारी फाउण्डेशनले हेटौँडा उपमहानगरपालिका–९ मा निर्माण हुँदै गरेको दिव्य बाल उद्यानमा रहेको जननेता मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

फाउण्डेशनका सचिव पेम्बा लामाले विज्ञप्ति जारी गर्दै लोकतान्त्रिक र सामाजिक रूपान्तरणको आन्दोलनमा होमिए बापत मृत्युवरण गर्नुपरेका दुई जना लोकप्रिय नेताहरूको नाममा स्थापित संरचनाहरूलाई क्षति पुर्‍याउनु वा उहाँहरूको शालिक तोडफोड गर्नु एउटा विकृत मानसिकता र अलोकतान्त्रिक व्यवहारको द्योतक भएको जनाउनु भएको छ ।

बिज्ञप्तिमा भनिएकोछ “लोकतन्त्रको उच्चतम अभ्यासको रूपमा रहेको स्थानीय निर्वाचनको प्रक्रिया सुरु भएसँगै घटेको यो घटनाले लोकतान्त्रिक शक्तिहरूलाई चुनौती दिएको अनुभूति भएको छ ।”

फाउण्डेशनले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारको गम्भीर ध्यानाकर्षण समेत गराएको छ ।

बिहिबार राती अज्ञात समूहले दिव्य बाल पार्कमा रहेको मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड गरेको थियो ।

तोडफोड पछि मदन भण्डारीको शालिकको शिर भाँचेर केही तल खोलामा फालिएको र आश्रितको पुरै शालिक उखेलेर फालिएको अवस्थामा भेटिएको थियो ।