२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पोखरा,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पताल सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्घाखाँची अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण



अ+ अ-

अर्घाखाँची । अर्घाखाँची दिगो विकास केन्द्रले अर्घाखाँची अस्पताललाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

डा जयबहादुर टण्डन र डा मुक्ति श्रेष्ठको पहलमा केन्द्रले अक्सिजन कन्सन्ट्रेटर मेसिन प्रदान गरेको हो । जिल्ला अस्पतालमा एक कार्यक्रमबीच पिपिई सेट, मास्क, आइग्लास, स्यानिटाइजर, फेसशिल्ड, गगल्स, ओटीगनलगायत स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।

सामग्री हस्तान्तरण कार्यक्रममा डा टण्डन, डा श्रेष्ठ, कांग्रेस जिल्ला सभापति केशव श्रेष्ठ, अर्घाखाँची अस्पताल विकास समितिका अध्यक्ष कृष्ण खनाल, प्रमुख डा राजेन्द्र जिसी, डा राजेन्द्र श्रेष्ठ, सन्धिखर्क नगरपालिका–३ का वडाध्यक्ष लीलाराम गौतमलगायत सहभागी थिए । यसअघि सो संस्थाले जिल्लाका विभिन्न १५ स्वास्थ्य संस्थालाई सामग्री प्रदान गरेको थियो । रासस