२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्घाखाँची अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण



अ+ अ-

अर्घाखाँची । अर्घाखाँची दिगो विकास केन्द्रले अर्घाखाँची अस्पताललाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

डा जयबहादुर टण्डन र डा मुक्ति श्रेष्ठको पहलमा केन्द्रले अक्सिजन कन्सन्ट्रेटर मेसिन प्रदान गरेको हो । जिल्ला अस्पतालमा एक कार्यक्रमबीच पिपिई सेट, मास्क, आइग्लास, स्यानिटाइजर, फेसशिल्ड, गगल्स, ओटीगनलगायत स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।

सामग्री हस्तान्तरण कार्यक्रममा डा टण्डन, डा श्रेष्ठ, कांग्रेस जिल्ला सभापति केशव श्रेष्ठ, अर्घाखाँची अस्पताल विकास समितिका अध्यक्ष कृष्ण खनाल, प्रमुख डा राजेन्द्र जिसी, डा राजेन्द्र श्रेष्ठ, सन्धिखर्क नगरपालिका–३ का वडाध्यक्ष लीलाराम गौतमलगायत सहभागी थिए । यसअघि सो संस्थाले जिल्लाका विभिन्न १५ स्वास्थ्य संस्थालाई सामग्री प्रदान गरेको थियो । रासस