२५ श्रावण २०८३, सोमबार
,
Latest
१० मेगावाटमुनिका जलविद्युत आयोजनाको पीपीए प्रक्रिया अघि बढाउने प्राधिकरणको तयारी गृहमन्त्री गुरुङ र उद्योगमन्त्री यादवको उपस्थितिमा मधेश प्रदेशका सांसदसँग छलफल विशेष सेवा विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित ‘गगन थापालाई गाली गरेर महत्व नदिनुस्, केही नभन्नु नै सबैभन्दा ठूलो अपमान हो’: डा. शशांक… विधि विपरित पार्टी कब्जा गर्न खोजे लोकतन्त्र नै संकटमा पर्छः कृष्णप्रसाद सिटौला १५ औँ महाधिवेशनलाई ‘एकताको महाधिवेशन’ बनाउन नेता सिंहको प्रश्ताव अदालत र अख्तियारले पनि विकास निर्माणलाई प्रभावित पारेः काँग्रेस सांसद स्वाँर दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियानको विषयमा मन्त्री सिता बादी र मधेसी आयोगबीच छलफल विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन चुरे विनाशको असर : दाङमा रोपाइँ प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टी कब्जा गरी मलाई थुन्ने योजना असफल पार्न प्रतिनिधि सभा विघटन गरे: ओली



अ+ अ-

काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तत्कालिन नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कब्जा गर्ने षड्यन्त्र समाप्त पार्नका लागि आफुले प्रतिनिधि सभा विघटन गर्नुपरेको बताउनुभएकाे छ ।

बिहीवार काठमाडौंमा नेकपा(एमाले) केन्द्रीय सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रचण्ड, माधव नेपालहरुले संगठन कब्जामा लिइसकेकाले कार्यकर्तामा अपिल गर्न जानुको विकल्प आफुसँग नरहेको  उल्लेख गर्नुभयो ।

उहाँले एमालेको सुर्य चिन्ह सिध्याउँछु भनेर खान खोज्नेहरुको थुतुनो जलेको टिप्पणी गर्नुभयो । तत्कालिन नेकपामा प्रचण्डले आफुलाई पार्टीबाट निष्काशन गरी मुद्दा चलाएर थुन्ने योजनाका साथमा १९ पृष्ठ लामो अभियोग पत्र ल्याएको बताउनुभयो । उहाँले भन्नुभयो – ‘एमालेको सुर्य सिध्याउँछु भनेर कुदेकाहरुको थुतुनो आज डढिराखेको छ । एमालेको सुर्य सिध्याउँछु भनेर खान खोज्नेहरुको थुतुनो जलिराखेको छ ।

उहाँले भन्नुभयो  गतवर्ष एउटा डरलाग्दो षड्यन्त्र भयो । १९ पृष्ठ लामो पार्टी अध्यक्षका विरुद्ध प्रधानमन्त्रीका विरुद्ध फौजदारी आरोपहरु सहित १९ पृष्ठ लामो अभियोगपत्र अगाडी बढाइयो । यो ठुलो षड्यन्त्र थियो । त्यस अभियोग पत्रबाट के योजना थियो भने पार्टीबाट निष्काशन गर्ने र मुद्धा चलाएर थुन्ने योजना थियो ।’

उहाँले भन्नुभयो – ‘पार्टी कब्जा गर्ने षड्यन्त्र समाप्त पार्नका लागि प्रतिनिधि सभा विघटन गरेर संगठन सुुदृढ गर्नुप-यो । संगठन त षड्यन्त्रकारीहरुले कब्जामा लिइसके । त्यस्तो अवस्थामा कार्यकर्तामा अपिल गर्न जान बाहेक अर्को उपाय रहेन त्यसकारण प्रतिनिधि सभा विल्कुल लोकतान्त्रिक कुरा हो । प्रतिनिधि सभाको विघटन र जनतामा ताजा जनादेशका लागि जाने र प्रधानमन्त्रीको काम र प्रधानमन्त्री विरोधीहरुको क्रियाकलापको मुल्यांकन जनताले गर्ने कुरा एकदम जायज कुरा हो ।

अहिले पाँच दलीय गठबन्धन ५ दलीय गठबन्धन ६ दलीय अब त राजावादी राप्रपासँग पनि उनीहरुको गठबन्धन भइसक्यो र झापाको मेरै निर्वाचन क्षेत्रमा राजावादी राप्रपाको उम्मेदवारलाई कांग्रेस, माकुने, प्रचण्ड सबै गुटहरुले साझा उम्मेदवारको रुपमा मानेर एमाले विरुद्ध आइ नै सके । त्यसकारण यो पाँचदलीय हैन छ दलीय गठबन्धन भइसक्यो । यो गठबन्धन त कायमै छ । हिजो जुन परोक्ष रुपमा त्यो गठबन्धन थियो पार्टी फुटाउनका लागि त्यसका विरुद्ध हामीले ताजा जनादेशमा जान फैसला ग-यौँ । अदालतले हामीलाई हराइदियो ।’

अध्यक्ष ओलीले आगामी निर्वाचन पछाडी नेकपा(एमाले) संवैधानिक रुपमा, मुल ढोकाबाटै शासन सत्ता सम्हाल्न पुग्ने बताउनुभयो ।अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनमा तराईका जनताले एमालेलाई मात्रै स्वागत गर्ने बताउनु भयो । यसपटकको स्थानीय तह निर्वाचनमा तराईका जनताले एमालेलाई मात्रै स्वागत गर्ने  गर्नुभयो  । उहाँले विगतमा तराईमा एमालेलाई प्रवेश निषेध गरिएको उल्लेख गर्दै अहिले तराई, मधेशमा एमालेको लहर आएको बताउनुभयो ।

मधेश प्रदेश एमालेको मजबुद गढ बनेको उहाँले बताउनुभयो । अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी गर्नुभयो । उहाँले भन्नुभयो – ‘हामी बहुमत ल्याउन सक्छौँ । अघिल्लो निर्वाचनमा पनि हामी सरकारमा थिएनौँ । तर हामीले परिणाम राम्रो ल्याएको थियौँ । तराईमा हामीलाई प्रवेश गर्न दिइएको थिएन ।

यसपल्ट तराईमा एमालेलाई मात्र जनताले स्वागत गर्छ । एमालेलाई मात्रै, अरुलाई स्वागत गर्दैन । मधेशमा अहिले एमालेको लहर आएको छ । त्यसकारण पहिलेको भन्दा स्थिति अहिले धेरै राम्रो छ । एउटा प्रदेशमै प्रवेश निषेध थियो एमालेलाई भने आज त्यो प्रदेश एमालेको सबभन्दा मजबुद गढको रुपमा अगाडी आइराखेको छ ।’