२६ असार २०८३, शुक्रबार
,
Latest
तयार भयो चिया क्षेत्र अध्ययन प्रतिवेदन, भारतीय अवरोध हटाउन र तेस्रो मुलुकमा बजार विस्तार गर्न… संवैधानिक निकायका प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छः मन्त्री गौतम राष्ट्रपतिसँग युएईका वैदेशिक व्यापारमन्त्रीको भेट नेपालीको जीवन रक्षाका लागि भारत लैजाने तयारी थियो : गृहमन्त्री गुरुङ मृत्यु/अशक्त वैदेशिक श्रमिकका ३ हजार ३६३ सन्तानलाई छात्रवृत्ति यातायात कानुनलाई लगानीकर्ता र यात्रुमैत्री बनाइनेछ : मुख्यमन्त्री बानियाँ निर्वाचन आयोग, राष्ट्रिय सुरक्षा परिषद् र महिला आयोगको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेश राष्ट्रपति पौडेलद्वारा तीन वटा विधेयक प्रमाणिकरण विपक्ष दलका सांसदहरुलाई गृहमन्त्रीले भनेः आफू जनताको सेवा नगर्ने अनि मलाई स्टन्टबाज भन्ने ? नेप्से परिसूचक झिनो अङ्कले घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाली संरक्षण गर्न रुख काट्ने अभियान



फाइल फोटो
अ+ अ-

बलेवा । बागलुङको काठेखोला गाउँपालिकाको वडा नं ५ मा अन्नबाली र फलफूलखेती विस्तार गर्न रुख काट्ने अभियान सुरु गरिएको छ । गाउँपालिकाले डेढ वर्षअघि गरेको निर्णयानुसार खेतीपातीलाई असर पर्ने रुख कटान गर्न थालिएको हो ।

सुन्तला लगायतका बालीमा असरपर्ने १० मिटर वरिपरिका रुख काट्न थालिएको वडा नं ५ का अध्यक्ष शिवप्रसाद कँडेलले बताउनुभयो । रुख काटेपछि अन्नबालीको उत्पादन बढाउन सकिने स्थानीयवासी टीकाराम सापकोटाले बताउनुभयो । उहाँको बारीमा उम्रेका अनुत्पादक रुख काटेर अहिले धान, गहुँ र मकै लगाउने गरिएको छ । यहाँका किसानले बारीमा अदुवा र बेसार जातको खेतीसमेत गरेका छन् ।

यसअघि वडा नं ६ मा अनुत्पादक रुख काटेर सुन्तलाका बिरुवा हुर्काउने चलन सुरु भएको थियो । यो अभियानबाट किसानले बढी फाइदा लिन थालेपछि वडा नं ५ को माथिल्लो बिहुँमा पनि अभियानकै रुपमा रुख काट्न थालिएको हो । “काठ बन्ने ठूला प्रकारका रुख काटेका छैनौँ”, वडाध्यक्ष कँडेलले भन्नुभयो, “अन्नबाली र फलफूलबाट बढी फाइदा लिन सकिने स्थानका रुख मात्रै काटेका हौँ ।” यसरी रुख काट्दा बस्तीमा बाँदरको समस्या पनि कम हुने किसानले बताएका छन् ।

जिल्लाका अन्य पालिकामा पनि फलफूल र तरकारीसमेत लगाउने बारीमा रुख काट्ने अभियान चलेपछि गाउँ रमाइला देखिन थालेका छन् । बागलुङ–६ को सिम गाउँमा पनि यस्तै अभियान चलेको छ । पहिला सदरमुकामबाट जङ्गल मात्रै देखिने यो गाउँका रुख काटेपछि उघारो देखिन्छ । सिमका किसानले पनि रुख काटेपछि बारीमा व्यावसायिक रुपमा तरकारीखेती लगाउन थालेका छन् ।

मध्यपहाडी लोकमार्गको छेवैमा रहेकाले बिहुँमा भने यातायातमा पनि सहज अवस्था आएको छ । घुम्तीमा विपरीत दिशाबाट आएका सवारीसमेत नदेखिने समस्या अहिले हट्न थालेको हो । वडा नं ५ को रिजालचोकदेखि घोडाबाँधेहुँदै भ्यूटावर जाने सडक खण्डमा पनि केही रुख काट्नुपर्ने अवस्था परेको स्थानीयवासीले बताएका छन् ।

रुख फँडानीका लागि टोल–टोलमा समिति गठन गरिएको वडा नं ५ को मिलन चोकका प्रेम श्रीषले जानकारी दिनुभयो । रुख कटानका लागि यहाँका किसानले मेसिन खरिद गरेर ल्याएका छन् ।