९ भाद्र २०८३, मंगलवार
,
Latest
टाइफुन नाराका कारण दक्षिण चीनमा भीषण बाढीः करिव ४ हजार नागरिक सुरक्षित स्थानमा सारिए लाल सागरमा साउदी तेल ट्याङ्कर र सैन्य बलमाथि हुथी समूहद्वारा आक्रमणको दाबी पूर्वी प्रशान्त क्षेत्रमा अमेरिकी सेनाको कारबाहीः लागुऔषध तस्करीमा संलग्न रहेको आशङ्का गरिएको डुङ्गामाथि आक्रमण, दुई… राप्ती आँखा अस्पतालमा एक वर्षमा १४ हजार जनाको मोतियाविन्दुको शल्यक्रिया खर्च गर्न नसकिने बजेट किन बनाउँछन् स्थानीय तह ? पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै तीन हजारले लिए छुट सुविधा यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य राप्ती तथा बहादुरगन्जका आँखा अस्पताल : सेवासँगै समुदायमा आँखा स्वास्थ्य शिक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनस्वास्थ्यका मापदण्ड पालना गर्न स्वास्थ्य मन्त्रालयको आग्रह



अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा सङ्गीताकौशल मिश्राले आज विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको सङ्क्रमण छिमेकी मुलुक भारतमा बढ्दै गएपछि नेपालमा पनि सङ्क्रमणको जोखिम रहेकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गर्नुभएको छ ।

“कोभिड–१९ को सङ्क्रमण भारतलगायत छिमेकी राष्ट्रमा पछिल्लो केही दिनमा बढ्दो क्रममा रहेको वर्तमान अवस्थामा सङ्क्रमणको जोखिम कायम नै रहेकाले सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन संवेदनशील भई जिम्मेवार बनी जनस्वास्थ्यको मापदण्ड पालना गर्न-गराउन मन्त्रालयले सबैलाई अनुरोध गरेको छ”, उहाँले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ ।

उहाँले सङ्ख्यात्मकरूपमा सङ्क्रमण केही कम भएजस्तो देखिए पनि महामारीको जोखिम कायमै रहेको उल्लेख गर्नुभएको छ । मन्त्रालयले खोप लगाएको तीन महिना पूरा भएकालाई बुष्टर मात्रा खोप लगाउनसमेत आग्रह गरेको छ । मन्त्रालयले कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाउन, खोप लगाउन प्रेरित गर्न र जारी खोप अभियानमा साथ दिनका लागिसमेत सबैलाई आग्रह गरेको छ ।

वैशाखको पहिलो सातासम्म १५ जनाभन्दा कममा सङ्क्रमण

वैशाख महिनाको पहिलो हप्तामा सङ्क्रमण १५ जनाभन्दा नै कममा देखिएको छ । मन्त्रालयको तथ्याङ्कानुसार वैशाख १ गते चार जनामा सङ्क्रमण देखिएको छ । यस्तै वैशाख ७ गते १३ जनामा सङ्क्रमण देखिएको थियो । वैशाख २ मा १४, वैशाख ३ मा नौ, वैशाख ४ गते १२, वैशाख ५ गते १० र वैशाख ६ गते १० जनामा सङ्क्रमण देखिएको छ ।