२४ भाद्र २०८३, बुधबार
,
Latest
विद्युतीय यातायात विस्तारलाई आर्थिक र वातावरणीय अवसरका रूपमा अघि बढाउनुपर्छ : सचिव सिग्देल पूर्वाधार निर्माणको प्राथमिकता र नीतिमा पुनर्विचार गर्नुपर्छ : गजुरेल नदी किनारबाट सडक बनाउने नीति पुनरावलोकन गर्नुपर्ने पोखरा महानगर प्रमुख आचार्यको भनाइ रसुवा बाढी उद्धारमा सरकारको कमजोरी देखियो : सांसद अधिकारी बाढी प्रभावितका लागि अस्थायी बसोबासको व्यवस्था गर्न सरकारको सर्वेक्षण सुरु जेन–जी शहीद पार्कको शालिक अनावरण रोकियो, आफन्तले भने–‘अनुहार नै मिलेको छैन’ जेनजी पुस्तासँग भएका सहमति तत्काल कार्यान्वयन गर्न सांसद यादवको माग सुनसरीमा सडक दुर्घटनामा दुईको मृत्यु ग्यास आपूर्ति सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन बाढीपीडितको उद्धारमा सरकारको भूमिका कमजोर भएको कांग्रेस प्रमुख सचेतक थापाको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नै शरीरसँग जोडिएका २० रोचक तथ्य



अ+ अ-

काठमाडौं । हाम्रो शरीर एकखाले मशिन जस्तो छ । यसको जटिल संरचनालाई जोसुकैले बुझ्न सक्दैन । मानव शरीरका धेरै जानकारी अझै पनि हामीलाई थाहै छैन । यहाँ हामी शरीरसँग जोडिएका केही रोचक जानकारी दिँदैछौं ।

हाम्रो दिमाग दिनमा भन्दा रातमा बढी सक्रिय हुन्छ । किन यसो हुन्छ भन्ने वैज्ञानिकहरूले अझैसम्म पत्तो पाएका छैनन् । 

जुन व्यक्तिको आईक्यू स्तर बढी हुन्छ उसले धेरै सपना देख्छ ।

पुरुषहरूको अनुहारमा रौं शरीरका अन्य भागमा भन्दा धेर छिट्टो बढ्छ ।

हाम्रो पेटमा भएको एसिडले ब्लेड पनि पचाइदिन्छ ।

हामीले जिन्दगीभरि निकाल्ने र्यालले दुईवटा स्विमिङ पूल भरिन्छ ।

हाम्रो हातको माझी औंलोको नङ अरू औंलाभन्दा छिट्टो बढ्छ ।

कानमा फोहर जमेको कसैलाई मन पर्दैन तर हाम्रो शरीरको रक्षाका लागि यो आवश्यक कुरा हो ।

पुरुषको तुलनामा महिलाहरूको मुटु बढी तीव्र गतिमा धड्किन्छ ।

धेर खाना खाएपछि हाम्रो सुन्ने क्षमता कम हुन्छ ।

एक सर्वेक्षण अनुसार पुरुषलाई महिलाभन्दा बढी बाडुली आउँछ ।

हाम्रो नाकले करीब ५० हजार किसिमको गन्ध सुँघ्न सक्छ जबकि हाम्रा आँखाहरूले एक करोड रंग चिन्न सक्छन् ।

सुन्दा आश्चर्य लाग्ला तर सोमवारको दिन हृदयघातको खतरा सबभन्दा बढी हुन्छ । एक सर्वेक्षण अनुसार करीब २० प्रतिशत मानिसको मृत्यु अरू दिनभन्दा पनि सोमवार हृदयघातका कारण भएको थियो ।

धेरजसो रोगहरू तनावका कारण हुन्छन् । अध्ययनहरूले ९० प्रतिशत रोग तनावका कारण हुने देखाएका छन् ।

महिलाको तुलनामा पुरुषको शरीरमा रगतको मात्रा बढी हुन्छ । पुरुषहरूको शरीरमा ६।८ लिटर रगत हुन्छ भने महिलाहरूको जम्मा पाँच लिटर रगत हुन्छ ।

बिहान तीनदेखि चार बजेको समयमा हाम्रो शरीर सबभन्दा कमजोर अवस्थामा हुन्छ । यसैले यस समयमा सबभन्दा बढी हृदयघात हुन्छ ।

चर्को आवाज आउँदा हाम्रा आँखाका नानी चौडा हुन्छन् ।

जन्मपछि हाम्रा आँखाहरूको आकार बढ्दैन जबकि नाक र कान जिन्दगीभरि बढिरहन्छन् ।

हाम्रो आँखाको कोर्नियासम्म रगत पुग्दैन । त्यसैले कोर्नियाले अक्सिजन सिधै हावाबाट लिन्छ ।

हरेक मनुष्यको एउटा आँखा तेज र अर्को आँखा कमजोर हुन्छ ।