४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान

कांग्रेसलाई तालमेलले भन्दा पनि एजेण्डाले जिताउनुपर्छ – उपसभापति गुरुङ

कांग्रेसलाई तालमेलले भन्दा पनि एजेण्डाले जिताउनुपर्छ – उपसभापति गुरुङ
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले कांग्रेसलाई तालमेलले भन्दा पनि एजेण्डाले जिताउनुपर्ने बताउनुभएको छ ।

बुधवार नेपाल विद्यार्थी संघ उपत्यकाका क्याम्पस इकाईहरुको संयुक्त आयोजनामा काठमाडौंमा आयोजित स्थानीय निर्वाचनमा नेविसंघको भूमिका र पार्टीको दायित्व विषयक विचार गोष्ठिमा बोल्दै उपसभापति गुरुङले पार्टीलाई तालमेलले भन्दापनि एजेण्डाले जिताउनतिर लाग्नुपर्ने बताउनुभएको हो । उहाँले जनताको मन छुनेगरी घोषणापत्र बनाउन सकेमा नेपाली कांग्रेसलाई ५१ प्रतिशतको कांग्रेस बनाउन सकिने बताउनुभयो । उहाँले पार्टीभित्र कसैले कसैलाई निषेध गर्नुनहुने पनि बताउनुभयो । पार्टीभित्रका वादविवादलाई सम्वादबाट समाधान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले भन्नुभयो – ‘कुनैपनि बाटोको ढोका बन्द गरेर पार्टीभित्र, आज पार्टी बाहिर त हामी वार्ता गरिरहेका छौँ भने पार्टी भित्र हामीले ढोका बन्द गरेर अघि बढ्न सकिदैन । निश्चित रुपमा हाम्रो एउटा परिवार हो । कांग्रेस एउटा घर हो र घर भित्रको हामी परिवार हौँ । परिवार भित्र कहिलेकाहीँ ठाटाक–ठुटुक पनि हुन्छ । घोचपेच पनि हुन्छ । कहिलेकाहीँ सम्वाद, वादविवाद हुन्छ । वादविवाद र सम्वाद बाट हामी समाधान खोज्ने प्रयत्न गरिरहेका छौँ ।

त्यसकारणले गर्दाखेरी म निवेदन गर्न चाहान्छु, आउने निर्वाचनमा कांग्रेसलाई जिताउनको लागि हामीले भरमग्दुर प्रयास गर्नु आवश्यक छ । कांग्रेस केन्द्रीय समितिमा भनेका छौँ, कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिमा पनि राखेका छौँ, कांग्रेसलाई तालमेलले भन्दापनि एजेण्डाले जिताउन सकिन्छ । यो यो एजेण्डा, घोषणापत्र लेख्नुस् पनि भनेको छु । जनताको मन छुने खालको घोषणापत्र लिएर गयौँ भने जनताको मन मनमा बस्न सक्ने घोषणापत्रमा हामीले सुन्दर अक्षरले लेखेर अगाडी बढ्न सक्यौँ र त्यसलाई कार्यान्वयन गर्न सक्यौँ भने कांग्रेस ३०, ३५, ३७ प्रतिशतको कांग्रेस होइन, हाम्रो अभियान भनेको ५१ प्रतिशतको कांग्रेस बनाउने अभियान हो हाम्रो ।

रुमल्लिने कांग्रेस होइन, अल्मिल्लिने कांग्रेस होइन, ५१ प्रतिशतको कांग्रेस बनाउने अभियानमा धेरै अझैपनि संघर्षहरु बाँकी नै छन् । त्यही संघर्षको एउटा यात्रामा हामी छौँ । त्यो संघर्ष टुंगिएको छैन । संघर्ष अब सुरु भएको छ । एजेण्डासहितको, विचार सहितको ५१ प्रतिशतको कांग्रेस बनाउने हाम्रो अभिभारा हो । हाम्रो दायित्व हो ।’

उहाँले नेपाली कांग्रेसको वैचारिक धरातललाई छोडेर प्राविधिक रुपमा मात्रै अगाडी बढेमा दुर्घटना निम्तिन सक्ने बताउनुभयो ।