४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान

युद्ध मैदानकी चेली

युद्ध मैदानकी चेली
अ+ अ-

काठमाडौँ । युद्धको मैदानमा हुन्छन् एक दिदीभाइ । दिदी विद्रोही लडाकू र भाइ सेनाका सिपाही । यतिकैमा आइलाग्छ विपत । युद्ध मैदानमै भाइको गोलीबाट भिनाजुको मृत्यु हुनपुग्छ अकस्मात् ।

गोली ताक्दै जब भाइ नजिक पुग्छन् तब आफ्नै दिदी देख्छन् र झस्किन्छन् । कस्तो दुर्भाग्य १ गोली हान्ने आफ्नै भाइ अनि मृत्युवरण गर्ने प्रेमी । दिदीले सहनसक्ने कुरै भएन । दिदीभाइको बोलचाल बन्द हुन्छ तर सम्बन्ध विस्तारको प्रयास भाइले राखी नै रहन्छन् । उनका अनेकन प्रयास सफल हुँदैनन् ।

शान्ति सेनामा जाने तयारीसम्मै खुसी हुदैन सिपाहीको मन । मनभरि अशान्ति बोकेर शान्ति खोज्न जानु पो कहाँ रु भाइलाई छटपटी हुन्छ । लगत्तै आएको भाइटीकामा दिदीको घर पुग्छन् भाइ तर दिदीले भाइटीका लगाइदिन्नन् । “अचानक भएको मुठभेडमा कर्तव्य निर्वाह मात्र गरेको थिएँ, सक्छेउ भने माफ देउ”, त्यस दिनको घटना परिबन्दमा परेर भएको कुरा भाइले सुनाउँछन् र घरबाट निस्किन्छन् । “भाइ !”, अली पर पुगेपछि भाइको कानमा दिदीको आवाज गुञ्जिन्छ । भाइ फरक्क पछि फर्किन्छन्, यत्तिकैमा कथा सकिन्छ ।

त्यसपछि के होला ? यही कौतुहल जगाएर सकिने लघु चलचित्र ‘सेनाको चेली’ द्वन्द्वको परिघटनालाई स्मरणमा ल्याइदिने एउटा प्रतिविम्ब हो । जसले नेपालको दश वर्षे सशस्त्र द्वन्द्व र त्यसले उत्पन्न गरेका सामाजिक घाउहरुलाई पुनः एकपटक सम्झाइदिन्छ ।

चलचित्रका शब्द र दृश्यमा जताततै भावना झल्किन्छ । सामाजिक वाध्यता, देशको परिवेशसँगै मानिसका सम्बन्ध र शान्तिका सन्देश छरपष्ट पाइन्छन् सेनाकी चेलीमा । यही कथावस्तु बोकेर लघु चलचित्र प्रतियोगितामा प्रवेश गरेको सेनाकी चेलीले मुल्याङ्कन समितिको ध्यान आकर्षण गर्न सक्यो । जसले यसपालि उत्कृष्ट लघु चलचित्र घोषित हुँदै नेपाली सेनाबाट रु दुई लाख पुरस्कार लिन सफल भयो ।

शान्तिका लागि दौडिरहेको एक कर्तव्यनिष्ट सैनिक जवानको मनभित्रको अशान्तिलाई उधिन्ने लघु चलचित्र सेनाको चेलीमा जनयुद्धको कालखण्ड छुँदै अघि बढेको मर्मस्पर्शी कथावस्तु छ । कलाकार इँगिहोपो कोइँचले उक्त चलचित्रको लेखक, निर्देशक तथा निर्माण गर्नुभएको हो ।

चलचित्रमा सेना र विद्रोहीको अवस्थालाई समेत झल्काइएको छ । उहाँले आफ्ना हजुरबुबा ब्रिटिस लाहुने, दाइहरु आर्मी भएकाले पनि सेनाको भावनामा चल्ने चित्रमा खेल्न मन लागेको सुनाउनुभयो । गतसाल उत्कृष्ट भएको चलचित्रमा मुख्य भूमिका निभाउनुभएका कोइँचले यसपालि लघु चलचित्र निर्माण गरेरै सफलता प्राप्त गर्नुभयो ।

सेनाका जवान घरबाट टाढा हुनुपरेको आफ्नै कथा हुन्छ होला भन्ने कल्पना उहाँमा जाग्यो । त्यसभित्र आफ्ना परिवार इष्टमित्रसँगको सम्बन्ध कति विछोडिन पुग्छ । अझ दिदीभाइको सम्बन्धमा आघार पुग्दा के होला, यस्तै यसतै कुरा मनभित्र छचल्किँदै जाँदा उक्त चलचित्रको कथा तयार भएको उहाँले सुनाउनुभयो । मुख्यत दिदीभाइका भावनालाई उहाँले उन्नुभएको छ ।

मुलुकको कर्तव्यनिष्ट व्यक्तिले कर्तव्य पालनाका सिलसिलामा के सम्म गर्नुपर्ने हुन्छ भन्ने सन्देश यो सानो चलचित्रले दिन खोजेको छ ।

भाइले ल्याएको उपहारसमेत नलिने गरी दिदीभाइको सम्बन्धमा आएको दरार र सम्बन्ध विस्तारमा भाइले गरेको प्रयास मन छुनेका खालको छ । चलचित्रका केही दृष्य दर्शकको आँसु खसाउने खालको छ ।

“विगतको जनयुद्ध एउटा घटना हो, तर जुनसुकै बेला मानिस आफैँमा अशान्त हुन्छ नी त्यो कुरालाई शान्ति सेनाका माध्यमबाट शान्त बनाउने प्रयास गरेको छु”, चलचित्रको कथाबारे कोइँचले रासससँग भन्नुभयो ।

कथामा सशस्त्र द्वन्द्व सकिन्छ, त्यसपछि विद्रोही योद्धामा के समस्या आउला, उसले पाउने दुःख के होला, दुःख समस्या मात्रै होइन त्यसले सुख पनि दिनसक्छ भनेर परिवर्तनको सन्देश समेत मिसिएको छ । विगतको सशस्त्र द्वन्द्वमा बाहिर नआए पनि यस्ता घटना नभएका होइन्न । अन्तत द्वन्द्वलाई शान्तिमा रुपान्तरण गर्ने खालको चलचित्र बनेको छ ।

“मैले तीन घण्टाबीचमा सोचेको कथा हो”, उहाँले भन्नुभयो, “हरेक काम यती हतारमा भएको छ की सम्झनै सकिन्न ।” उहाँका अनुसार १५ दिन भित्रमा ‘स्क्रिप्ट’ तयार पारिएको हो । ‘टप टेन’मा छनोट भएपछि कलाकार टिम खोजेर उहाँले चार दिनमा छायाङ्कन सक्नुभएको सुनाउनुभयो ।

शान्ति सेनामा जाने तयारीका एक सिपाहीका माध्यमबाट घर शान्ति ठूलो कुरा हो भन्ने सन्देश छर्नुभएको छ । अरु देशमा शान्तिका लागि हिँड्न लागेको सेनाको जवानभित्र अशान्तिको भुङ्ग्रो छ, त्यसले मुटुमा हानिरहेको हुन्छ । खासमा त्यो परिबन्द र एक अर्कामा बुझाइमा आएको कमीले हो भन्ने कुरा कथाको अन्तिमतिरको दृष्यले बुझाउँछ ।

उहाँका अनुसार हरेक परिवारमा सम्बन्ध बिग्रिन्छ भने एक पटक कुरा गरेर कारण बुझाउन सक्नुपर्छ, एकपटक मात्रै संवाद भयो भने समस्या हल हुन्छ, तर समाजमा मानिस अरुको कुरा सुन्ने प्रवृत्ति र कुरा नबुझी व्यवहार गर्ने प्रवृत्ति जकडिएको छ, त्यसलाई चिर्न सक्नुपर्छ भनेर देखाउन खोजिएको छ ।

छोटो प्रयासमा बनेको लघु चलचित्र उत्कृष्ट भएर रु दुई लाख पुरस्कार पाउँदा उहाँमा खुसीको सीमा छैन । चलचित्रमका मुख्य भूमिका (दिदीको भूमिकामा कलाकार सङ्गीता थापा मगर र भाइको भूमिकामा किरण चाम्लिङ राई)ले जीवन्त अभिनय गर्नुभएको छ । नारायण न्यौपाने /रासस