४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान

कांग्रेसलाई कसैको बैशाखी लिएर अगाडी जानुपर्ने आवश्यकता छैन – शेखर कोइराला

कांग्रेसलाई कसैको बैशाखी लिएर अगाडी जानुपर्ने आवश्यकता छैन – शेखर कोइराला
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेसलाई कसैको बैशाखी लिएर अगाडी जानुपर्ने आवश्यकता नभएको बताउनुभएको छ ।

बुधवार नेपाल विद्यार्थी संघ उपत्यकाका क्याम्पस इकाईहरुको संयुक्त आयोजनामा काठमाडौंमा आयोजित स्थानीय निर्वाचनमा नेविसंघको भूमिका र पार्टीको दायित्व विषयक विचार गोष्ठिमा बोल्दै नेता कोइरालाले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई कसैको बैशाखीको आवश्यकता नपर्ने बताउनुभएको हो । उहाँले निर्वाचनमा कांग्रेस एक्लै लडेपनि गन्तव्यमा पुग्न सक्ने बताउनुभयो । नेता कोइरालाले नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकको निर्णय विपरित गठबन्धनका शिर्ष नेताहरुको बैठक बसेर जिल्लामा निर्णय पठाइएको बताउनुभयो ।

उहाँले ३६ लाख नयाँ मतदाता थपिएको उल्लेख गर्दै नयाँ मतदातालाई कांग्रेस बनाउन नसकेमा कांग्रेस कमजोर हुने बताउनुभयो । कांग्रेसका कार्यकर्ताले अर्को पार्टीमा स्वस्तिक चिन्ह लगाउनुपर्ने अवस्था आएको भन्दै उहाँले यसको लेखाजोखा निर्वाचन पछि गर्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो – ‘आज के, कति कारणले, किन, हामीहरु कम्युनिष्टहरुसित मिलेर, गठबन्धन गरेर, अगाडी गइराख्या छौँ ? के कारणले नेपाली कांग्रेसको केन्द्रीय समितिको निर्णयलाई पन्छाएर शिर्ष नेताहरु गठबन्धनको बैठकमा निर्णयहरु गरेर जिल्ला–जिल्लामा पठाइरहनु भएको छ ? के हामी कमजोर छौँ ? मलाई लाग्दैन नेपाली कांग्रेस कमजोर छ । मलाई लाग्दैन नेपाली कांग्रेस एक्लै लड्यो भनेपनि हामी हाम्रो गन्तव्यमा पुग्न सक्छौँ भन्ने मलाई आत्मविश्वास छ ।

हामीहरु के कारणले कम्युनिष्टहरुसित मिलेर स्थानीय निर्वाचनमा अगाडी गइराखेका छौँ ? ३६ लाख नयाँ भोटरहरु छन् । ३४ प्रतिशत हामिसित भोट छ । त्यसलाई ४० प्रतिशत कसरी बनाउने ? त्यो ३६ लाख भोटरलाई हामीहरुले नेपाली कांग्रेस बनाउन सकेनौँ, त्यसमध्ये १० लाख, २० लाख गरेर हामीले अगाडी बढाउन सकेनौँ भने नेपाली कांग्रेस फेरी कमजोर हुन्छ । अघि हामीले कानेखुशी गर्दै थियौँ गगनजीले मलाई भन्नुभयो दाई, कस्तो बिडम्बना भयो हामीहरुलाई, हामीहरुले त अर्को पार्टीको छापमा स्वस्तिक चिन्ह लगाउनुपर्ने भो भनेर भन्दै हुनुहुन्थ्यो ।

यो अवस्था किन आयो ? के कारणले आयो ? त्यसको लेखाजोखा यो निर्वाचन पछि हामी गरौँला । तर यो निर्वाचन नेपाली कांग्रेसका उम्मेदवारहरुलाई जिताउन तपाईहरु घर घर गएर जिताउनु हुनेछ भन्ने विश्वास पनि लिएको छु । नेपाली कांग्रेसलाई कसैको वैशाखी लिएर अगाडी जानुपर्ने आवश्यकता छैन ।’

उहाँले नेपाली कांग्रेसका उम्मेदवारहरुलाई जिताउन घर–घरमा जानपनि विद्यार्थीहरुलाई निर्देशन दिनुभयो ।