• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   सञ्चार नीतिबारे छलफल गर्न झापामा मिडिया सम्मेलन सुरु ★   वैदेशिक रोजगारीमा ठगिएका नेपालीहरुको समस्या समाधान गर्न सरकारसँग देउवाको आग्रह ★   कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार रोहिताको मृत्यु ★   ‘पग्लिरहेको हिमाल, उर्लिरहेको नदी र डुबीरहेको धर्ती जोगाउन नेपालको नेतृत्व आवश्यक छ’ ★   प्रधानमन्त्री दाहालसँग कांग्रेस सभापति देउवासहितका नेताहरुको छलफल ★   पृथ्वी राजमार्गको पूर्वी खण्डको पाँच महिना म्याद थप ★   अमेरिकाको न्यूयोर्कमा नेपाल डे परेड गरिँदै ★   नेपाल प्रहरीका चार एसएसपी डिआइजी बढुवामा सिफारिस ★   गौतम गम्भीर भारतको मुख्य प्रशिक्षक बन्न लागेका हुन् ? ★   सत्तापक्ष पछि हट्दै, कांग्रेस पनि गल्दै, आज सहमतिको संकेत

राप्रपाको घोषणापत्रः १२ कक्षासम्म निःशुल्क शिक्षादेखि सार्वजनिक स्थलमा निःशुल्क वाईफाइसम्म (पूर्णपाठ)



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तह निर्वाचनका लागि निर्वाचन प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ ।

बुधवार पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आसन्न स्थानीय तह निर्वाचनका लागि पार्टीको प्रतिवद्धता पत्र सार्वजनिक गर्नुभएको हो । प्रतिवद्धतापत्र सार्वजनिक गर्दै उहाँले राप्रपाले निर्वाचन जितेको स्थानीय तहलाई भ्रष्ट्राचारमुक्त बनाउने बताउनुभयो । उहाँले सुशासन कायम गर्न भ्रष्ट्राचारमुक्त स्थानीय तह बनाउने, जनतालाई छिटो छरितो सेवा दिने, निर्वाचन जितेको ६ महिनाभित्र विपन्न परिवारको पहिचान गर्ने र ६ महिना भित्र सबै स्थानीय ऐनहरुको निर्माण तथा परिमार्जन गर्ने बताउनुभयो ।

त्यसैगरी १२ कक्षासम्म पूर्ण निःशुल्क शिक्षा दिइने राप्रपाको प्रतिवद्धता पत्रमा उल्लेख छ । सबै स्थानीय तहमा कम्तिमा एक प्राविधिक धारको विद्यालय स्थापना गर्ने, सबै विद्यालयमा अनिवार्य कम्युटर शिक्षा प्रदान गर्ने उल्लेख गरिएको छ । गरिबीका रेखामुनि रहेका वर्ग तथा अल्पसंख्यक समुहका न्युनतम एकजना विद्यार्थीलाई प्रत्येक वर्ष चिकित्सा शास्त्र र इन्जिनियरिङ अध्ययन गर्न छात्रवृति दिइने अध्यक्ष लिङ्देनले बताउनुभयो । विद्यालयका छात्राहरुलाई निःशुल्क सेनेटरी प्याड वितरण गरिने पनि उहाँले बताउनुभयो ।

सबै नागरिकलाई अनिवार्य तथा निःशुल्क स्वास्थ्य वीमा, प्रत्येक वडामा प्रसुती सेवा तथा निम्न आय भएका हरेक सुत्केरीलाई तीन महिनासम्म मासिक तीनहजार रुपैयाँ भत्ता दिइने जनाइएको छ । त्यस्तै सिक्कलसेल एनिमिया जस्ता रोगका विरामीलाई निःशुल्क उपचार, क्यान्सर, मृगौला तथा मेरुदण्ड रोगबाट पीडित स्थानीय नागरिकलाई मासिक स्वास्थ्य भत्ता र प्रत्येक किशोरीलाई पाठेघर क्यान्सर विरुद्धको खोप उपलब्ध गराइने राप्रपा अध्यक्ष लिङ्देनले बताउनुभयो ।

कृषिमा किसानको उपज बेच्ने सहकारीलाई अनुदान, सामुहिक खेती गर्ने समुहलाई अनुदान र किसानको खेत खेतमा बिजुलीको व्यवस्था गरिने उल्लेख गरिएको छ । कृषि तथा बाली बीमाको व्यवस्था, गाई, भैसी, बाख्रामा कृत्रिम गर्भाधानको निःशुल्क व्यवस्था र गाई भैसीलाई सुत्केरी भत्ता दिइने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।

सार्वजनिक प्रतिवद्धतापत्रमा सबै घरधुरीमा चार वर्षभित्र आधारभुत खानेपानी सेवा, एक घर एक धारा, उपभोक्ताको स्वामित्वमा खानेपानी योजना र तराईमा आर्सेनिकमुक्त सुरक्षित खानेपानी उल्लेख गरिएको छ । ५० प्रतिशतसम्म स्थानीय कर कटौती गरी न्युनतम करको व्यवस्था गर्ने, रोजगारमूलक उद्योग स्थापना गर्नेलाई पूर्वाधार निर्माणमा सहयोग तथा १० वर्षसम्म स्थानीय कर छुट दिने र महिलाले सञ्चालन गरेका साना तथा लघु उद्योग व्यवसायमा १२ वर्षसम्म स्थानीय कर छुट गरिने जनाइएको छ ।

त्यसैगरी प्रत्येक वडामा खुल्ला व्यायामशालाको निर्माण, आवश्यकताको आधारमा स्थानीय तहहरुमा रंगशाला, कभर्ड हल र प्रत्येक वडामा खेल मैदान बनाउने प्रतिवद्धता गरिएको छ । सामाजिक कुरिती, दुव्र्यसन, अन्धविश्वास, विभेद र असमानताका विरुद्ध युवा परिचालन गर्ने पनि उल्लेख गरिएको छ ।

एक पालिका एक स्वरोजगार तालिम केन्द्रको स्थापना गर्ने, सिप सिकेका युवालाई बिना धितो ऋण दिने, सार्वजनिक स्थलमा फ्रि वाइफाइ गर्ने, अति विपन्न परिवारका लागि परिचय पत्र र सुपथ मुल्यको पसल सञ्चालन गर्ने, सबै वडालाई सडक सञ्जालमा जोडी बाह्रै महिना चल्ने कालोपत्रे वा ग्रावेल सडक बनाउने तथा प्रत्येक वडामा बाल उद्यन पार्क बनाउने राप्रपाले प्रतिवद्धता गरेको छ ।

राप्रपा घोषणापत्र