४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान

राप्रपाको घोषणापत्रः १२ कक्षासम्म निःशुल्क शिक्षादेखि सार्वजनिक स्थलमा निःशुल्क वाईफाइसम्म (पूर्णपाठ)

राप्रपाको घोषणापत्रः १२ कक्षासम्म निःशुल्क शिक्षादेखि सार्वजनिक स्थलमा निःशुल्क वाईफाइसम्म (पूर्णपाठ)
अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तह निर्वाचनका लागि निर्वाचन प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ ।

बुधवार पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आसन्न स्थानीय तह निर्वाचनका लागि पार्टीको प्रतिवद्धता पत्र सार्वजनिक गर्नुभएको हो । प्रतिवद्धतापत्र सार्वजनिक गर्दै उहाँले राप्रपाले निर्वाचन जितेको स्थानीय तहलाई भ्रष्ट्राचारमुक्त बनाउने बताउनुभयो । उहाँले सुशासन कायम गर्न भ्रष्ट्राचारमुक्त स्थानीय तह बनाउने, जनतालाई छिटो छरितो सेवा दिने, निर्वाचन जितेको ६ महिनाभित्र विपन्न परिवारको पहिचान गर्ने र ६ महिना भित्र सबै स्थानीय ऐनहरुको निर्माण तथा परिमार्जन गर्ने बताउनुभयो ।

त्यसैगरी १२ कक्षासम्म पूर्ण निःशुल्क शिक्षा दिइने राप्रपाको प्रतिवद्धता पत्रमा उल्लेख छ । सबै स्थानीय तहमा कम्तिमा एक प्राविधिक धारको विद्यालय स्थापना गर्ने, सबै विद्यालयमा अनिवार्य कम्युटर शिक्षा प्रदान गर्ने उल्लेख गरिएको छ । गरिबीका रेखामुनि रहेका वर्ग तथा अल्पसंख्यक समुहका न्युनतम एकजना विद्यार्थीलाई प्रत्येक वर्ष चिकित्सा शास्त्र र इन्जिनियरिङ अध्ययन गर्न छात्रवृति दिइने अध्यक्ष लिङ्देनले बताउनुभयो । विद्यालयका छात्राहरुलाई निःशुल्क सेनेटरी प्याड वितरण गरिने पनि उहाँले बताउनुभयो ।

सबै नागरिकलाई अनिवार्य तथा निःशुल्क स्वास्थ्य वीमा, प्रत्येक वडामा प्रसुती सेवा तथा निम्न आय भएका हरेक सुत्केरीलाई तीन महिनासम्म मासिक तीनहजार रुपैयाँ भत्ता दिइने जनाइएको छ । त्यस्तै सिक्कलसेल एनिमिया जस्ता रोगका विरामीलाई निःशुल्क उपचार, क्यान्सर, मृगौला तथा मेरुदण्ड रोगबाट पीडित स्थानीय नागरिकलाई मासिक स्वास्थ्य भत्ता र प्रत्येक किशोरीलाई पाठेघर क्यान्सर विरुद्धको खोप उपलब्ध गराइने राप्रपा अध्यक्ष लिङ्देनले बताउनुभयो ।

कृषिमा किसानको उपज बेच्ने सहकारीलाई अनुदान, सामुहिक खेती गर्ने समुहलाई अनुदान र किसानको खेत खेतमा बिजुलीको व्यवस्था गरिने उल्लेख गरिएको छ । कृषि तथा बाली बीमाको व्यवस्था, गाई, भैसी, बाख्रामा कृत्रिम गर्भाधानको निःशुल्क व्यवस्था र गाई भैसीलाई सुत्केरी भत्ता दिइने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।

सार्वजनिक प्रतिवद्धतापत्रमा सबै घरधुरीमा चार वर्षभित्र आधारभुत खानेपानी सेवा, एक घर एक धारा, उपभोक्ताको स्वामित्वमा खानेपानी योजना र तराईमा आर्सेनिकमुक्त सुरक्षित खानेपानी उल्लेख गरिएको छ । ५० प्रतिशतसम्म स्थानीय कर कटौती गरी न्युनतम करको व्यवस्था गर्ने, रोजगारमूलक उद्योग स्थापना गर्नेलाई पूर्वाधार निर्माणमा सहयोग तथा १० वर्षसम्म स्थानीय कर छुट दिने र महिलाले सञ्चालन गरेका साना तथा लघु उद्योग व्यवसायमा १२ वर्षसम्म स्थानीय कर छुट गरिने जनाइएको छ ।

त्यसैगरी प्रत्येक वडामा खुल्ला व्यायामशालाको निर्माण, आवश्यकताको आधारमा स्थानीय तहहरुमा रंगशाला, कभर्ड हल र प्रत्येक वडामा खेल मैदान बनाउने प्रतिवद्धता गरिएको छ । सामाजिक कुरिती, दुव्र्यसन, अन्धविश्वास, विभेद र असमानताका विरुद्ध युवा परिचालन गर्ने पनि उल्लेख गरिएको छ ।

एक पालिका एक स्वरोजगार तालिम केन्द्रको स्थापना गर्ने, सिप सिकेका युवालाई बिना धितो ऋण दिने, सार्वजनिक स्थलमा फ्रि वाइफाइ गर्ने, अति विपन्न परिवारका लागि परिचय पत्र र सुपथ मुल्यको पसल सञ्चालन गर्ने, सबै वडालाई सडक सञ्जालमा जोडी बाह्रै महिना चल्ने कालोपत्रे वा ग्रावेल सडक बनाउने तथा प्रत्येक वडामा बाल उद्यन पार्क बनाउने राप्रपाले प्रतिवद्धता गरेको छ ।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2022/04/राप्रपा-घोषणापत्र.pdf” title=”राप्रपा घोषणापत्र”]