१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपाले जारी गर्यो चुनावी घोषणापत्र : खानेपानीमा छुट, हरेक पालिकामा एउटा बसपार्क (पूर्ण पाठसहित)



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले आसन्न स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।

घोषणापत्रमा पालिकाहरूको स्थानीय विशिष्टताअनुरूप सेरोफेरोमा चक्रपथ निर्माण गरिने र पानीको महसुल २०० रुपैयाँसम्म निःशुल्क गर्ने उल्लेख छ । त्यस्तै आधुनिक शौचालय सुविधा नपुगेका घरपरिवारलाई शौचालय निर्माण गर्न रू १० हजार अनुदान दिइने घोषणापत्रमा उल्लेख छ ।

आगामी ५० वषसम्मको जनघनत्व पूर्वानुमान गरी आधुनिक सहरी केन्द्र, आर्थिक कोरिडोर तथा औधोगिक क्षेत्र विकास गर्ने नीति लिइने जसपाले उल्लेख घोषणापत्रमा उल्लेख गरेको छ ।

घोषणापत्रमा हरेक गाउँपालिकाका केन्द्रमा कम्तीमा विशेषज्ञ सेवासहितको एउटा स्वास्थ्य संस्था खोलिने, स्वास्थ्य प्रयोगशालाको व्यवस्था गरिने र प्रत्येक पालिकामा गर्भवतीहरूका लागि बर्थिङ सेन्टर स्थापना गरिने उल्लेख छ ।

घोषणापत्रको पूर्ण पाठ यस्तो छ :

जसपा चुनाबी-घोषणा-पत्र.-२०७९