११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्येष्ठ नागरिकको अनुभव राष्ट्र निर्माणका उपयोगी : मुख्यमन्त्री पोखरेल



अ+ अ-

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ज्येष्ठ नागरिकको सीप, अनुभव र ज्ञानलाई राष्ट्र निर्माणमा प्रयोग गर्नुपर्ने बताउनु भएको छ । ३१ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा शुक्रबार शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री पोखरेलले ज्येष्ठ नागरिक अनुभवका खानी भएको बताउनु भएको हो ।

उहाँले भन्नुभयो, ‘जीवनको लामो कालखण्डमा आरोह अवरोह पार गर्दै सीप, अनुभव र ज्ञान आर्जन गर्नुभएका बुबाआमाको सम्मान हामीले गर्न सक्नुपर्दछ ।’ सन् १९९१ देखि हरेक वर्ष अक्टोबर १ तारिखलाई ज्येष्ठ नागरिकहरूलाई सम्मान र अधिकारमा पहुँच पु¥याउने उद्देश्यका साथ संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने गरिन्छ । 

ज्येष्ठ नागरिकका अनुभव राष्ट्र निर्माणका लागि अत्यन्तै अनुकरणीय हुने भन्दै मुख्यमन्त्री पोखरेलले ज्येष्ठ नागरिकको हकहित संरक्षण र सम्वद्र्धन गर्दै सभ्य र सुसंस्कृत समाज निर्माणका लागि प्रदेश सरकार सदा तत्पर रहेको प्रतिबद्धता जनाउनु भयो । ज्येष्ठ नागरिकको जीवनलाई ससहज र प्रभावकारी बनाउन सामाजिक सुरक्षा भत्ताका साथै सरकारले ज्येष्ठ नागरिक बिमा कार्यक्रम पनि सञ्चालन गर्दै आएको उहाँले उल्लेख गर्नुभयो । 

विज्ञप्तिमा उल्लेख छ, ‘ज्येष्ठ नागरिकको सम्मान र व्यवस्थापन सन्तानले नै गर्नु पर्दछ भन्ने सामाजिक मान्यतलाई थथार्यमा बदल्न सके मात्र आमाबुवाप्रतिको दायित्व पूरा हुन्छ । ज्येष्ठ नागरिक लक्षित कार्यक्रमलाई प्रभावकारी र जीवनोपयोगी बनाई थप सुदृढ गर्दै लैजान म सरोकारवाला पक्षको ध्यानाकर्षण गराउँदछु ।’