४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान

अङ्ग्रेजलाई पराजित गरेको एतिहासिक जितगढी किल्लाः विजय दिवस मनाइयो

अङ्ग्रेजलाई पराजित गरेको एतिहासिक जितगढी किल्लाः विजय दिवस मनाइयो
अ+ अ-

रुपन्देही । नेपाली फौजले अङ्ग्रेजलाई परास्त गरेको ऐतिहासिक दिनको सम्झना गर्दै आज जितगढी किल्लामा विजय दिवस मनाइएको छ ।

बुटवल उपमहानगरपालिका–१ स्थित यो किल्लामा तत्कालीन कर्णेल उजिरसिंह नेतृत्वको नेपाली सेनाले आधुनिक हतियारसहित सुसज्जित तत्कालीन अङ्ग्रेजी फौजलाई परास्त गरेको थियो । विसं १८७२ वैशाख ७ गते आजकै दिन नेपालले अङ्ग्रेजलाई हराएको थियो ।

विजय उत्सव दिवसका अवसरमा जितगढीमा आयोजित कार्यक्रममा कर्णेल उजिरसिंहको शालिकमा माल्यार्पण गरिनुका साथै नेपाली सेनाको टुकडीले सलामी अर्पण गरेको थियो । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराम सुवेदीले राष्ट्रिय एकता, अखण्डता र स्वाभिमानको रक्षा गर्ने सङ्कल्पको रुपमा यो दिनलाई स्मरण गर्नुपर्ने बताउनुभयो ।

“हाम्रा सन्ततिको जीवनमा समृद्धि र खुसी ल्याउने सङ्कल्पका रुपमा यसको संरक्षण र विकासका कामलाई अगाडि बढाएका छौँ”, उहाँले भन्नुभयो । शिवगढी, दाउन्नेगढीलगायतका सामरिक महत्वका गढीलाई जितगढीसँग जोडेर पर्यटकीय प्रवद्र्धन गर्ने बताउँदै उहाँले ऐतिहासिकता लेखिएको स्थललाई भावी सन्ततिले देख्ने र गर्व गर्ने गरी संरक्षण गरिनुपर्ने बताउनुभयो ।

उपप्रमुख गुमादेवी आचार्यले यो गढीको संरक्षणका लागि गुरुयोजना बनाउने काम भएको जानकारी गराउँदै यहाँ बन्ने गुरुयोजनाका बारेमा सरोकारवालाको सुझाव लिएर काम अघि बढाएको उल्लेख गर्नुभयो । पर्यटन विकासका लागि स्थानीयवासीले अपनत्व गर्ने र स्थानीय बासिन्दाको समृद्धिसँग जोडिने गरी जितगढीको विकासका काम अगाडि बढाइने उहाँको भनाइ छ ।

नेपाली फौजले अङ्ग्रेज फौजलाई हराएर विजय प्राप्त गरेको दिनको सम्झना गर्दै उपमहानगरपालिकाले गत वर्षबाट वैशाख ७ गतेको दिनलाई जितगढी विजय उत्सव दिवसका रुपमा मनाउन सुरु गरेको हो । किल्लालाई संरक्षण गर्दै उपमहानगरपालिकाले गुरुयोजना बनाएको छ । गुरुयोजनाअनुरुपका काम अहिले धमाधम भइरहेका छन् । जितगढीको महत्व र गरिमा नयाँ पुस्तालाई बुझाउने गरी बुटवलले स्थानीय पाठ्यक्रममा समेत यो विषयलाई समावेश गरेको छ ।

उपमहानगरपालिकाले यसको गुरुयोजना निर्माण गरेर जितगढी क्षेत्रलाई पर्यटकीय स्थलका रुपमा विकास गर्ने योजना बनाएको छ । उपमहानगरपालिकाको योजना अनुसार जितगढी किल्ला रहेको भागको दक्षिण र उत्तर भागमा भौतिक संरचना बन्नेछन् । जितगढी किल्लासँगै रहेका कभर्ड हल र वडा कार्यालयलाई हटाइएको छ । किल्लाको वरिपरि रहेको सार्वजनिक जग्गामा मनोरम बगैंचा र राजमार्गभन्दा उत्तरको भागलाई सङ्ग्रहालय, रात्रीकालीन बजार, कोशेली पसलहरु, बगैंचा बनाउने उपमहानगरपालिकाको योजना रहेको नगरप्रमुख शिवराज सुवेदीले बताउनुभयो ।

“बटौली युद्धकालीन सङ्ग्रहालय बनाएर त्यो बेला युद्धमा प्रयोग गरिएका तोपहरुको सङ्ग्रह गर्ने, मणिमुकुन्दसेन शीतकालीन दरबार, युद्धको बेलामा हतियार भण्डारण गर्ने काठेगढी र नुवाकोटगढीसँग जोडेर विकास गरिनेछ”, उहाँले भन्नुभयो, “युद्धका क्रममा शहादत्त प्राप्त गर्ने ९ जनाको नाम खुलेको छ र अरु सेनाको पनि नाम खोजेर शालिक निर्माण गरिनेछ, यसैबाट बुटवलको पर्यटनमा टेवा पुग्नेछ ।”

जितगढीमा उतिबेलाकै झल्को दिने खालको कलात्मक गेट, उस्तै पोसाकका कर्णेल उजिरसिंहको पूर्ण कदको शालिक, उनीसँगै लडेका नेपाली सेनाका १२ जना कमाण्डरको अर्धकदको शालिक र छेउमा विशाल राष्ट्रिय झण्डा फहराउने गरी गुरुयोजनाअनुरुपका काम अगाडि बढेको उपमहानगरपालिकाका योजना महाशाखा प्रमुख विष्णु खनालले जानकारी दिनुभयो ।

गुरुयोजनाअनुसार दुई बिघा दुई कट्ठा ८।५२ धुरमा पहिलो चरणमा विभिन्न संरचना निर्माण भइरहेका छन् । जितगढी बटौली युद्ध सङ्ग्रहालयको समेत निर्माणकार्य चलिरहेको छ । नेपाल एकीकरणको अभियान ९सन् १७४३ बाट० सुरु भएकै बेलामा अङ्ग्रेज र नेपालबीच सिमानामा विवाद सिर्जना भएको थियो । विवाद समाधान गर्न सन् १७४४ मा नेपाली प्रतिनिधि तत्कालीन अङ्ग्रेजको राजधानी मानिएको कलकत्तामा पुगे पनि विवाद समाधान हुन सकेन । सन् १८०४ मा अङ्ग्रेजले भारतको मराठा राज्य आफ्नो अधिनमा लिएपछि नेपालतर्फ अघि बढेको थियो ।

सन् १८०४ मा नेपालको एकीकरणका क्रममा पाल्पा राज्य गाभिएपछि नेपालको सिमाना अवधसम्म पुगेको थियो । पाल्पाबाट भागेर गएका राजखलक र भारदारले अङ्ग्रेजको साथ लिएर पाल्पा फिर्ता लिन चाहेका थिए । त्यसैकारण नेपाल र अङ्ग्रेजबीचको सम्बन्ध बिग्रिएको थियो । बिग्रिएको सम्बन्ध अन्ततः युद्धमै परिणत भयो । सुरुका युद्धमा हारेको नेपालले विसं १८७२ वैशाख ७ मा भएको युद्धमा भने तत्कालीन अङ्ग्रेजलाई पराजित ग¥यो ।

अमरसिंह थापा ९साना० का नाति २० वर्षे उजिरसिंह थापा कर्णेल नियुक्त भएपछि उहाँकै नेतृत्वमा नेपालले अङ्ग्रेजसँग निर्णायक युद्ध लडेको थियो । कर्णेल थापाको नेतृत्वमा रहेको नेपाली सेनाले अङ्ग्रेज सेनामाथि विसं १८७२ वैशाख ७ गते विजय हासिल गरेको इतिहास छ । उपमहानगरपालिकाले बनाएको जितगढी गुरुयोजनामा अहिले नेपाली सेनाले सहकार्य गरिरहेको छ । “यो अत्यन्तै महत्वको स्थल हो, यसको संरक्षण र व्यस्थापनका लागि हामीले उपमहानगरपालिकासँग सहकार्य गरेका छौँ”, नेपाली सेनाको गरुडदल गण बुटवलका प्रमुख सेनानी रामकृष्ण श्रेष्ठले भन्नुभयो । रासस