• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   तिलगंगा आँखा अस्पताल अब विश्वविद्यालय ! ★   लगातार दोस्रो जितसहित अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा ★   नेपाल आइडल करण परियारलाई प्रधानमन्त्री दाहालको गितार उपहार ★   लमजुङमा पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता ★   कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते ★   ट्रक पार्किङ स्थल निर्माणका लागि कोशी प्रदेश सरकारले छुट्यायो दुई करोड ★   विजुलीका पोलमा जताततै ‘सवि’ ! के होला त्यो ? ★   दोस्रो चरणको छानबिनका क्रममा २० जना पक्राउ, १५ अझै फरार ★   कोपा अमेरिकाः क्यानडाले पेरुलाई हरायो ★   युरो कपः इंग्ल्यान्ड समूह विजेता र डेनमार्क उपविजेता बनेर नकआउट चरणमा

प्रतिबद्धतापत्र तयारीका लागि बुद्धिजीवी परिचालित



काठमाडौं । नेकपा (एमाले)को जनसङ्गठन नेपाल बुद्धिजीवी परिषद्ले आसन्न स्थानीय तहको निर्वाचनका लागि पालिकास्तरमा जारी हुने प्रतिबद्धतापत्र तयारीका लागि बुद्धिजीवीहरूलाई परिचालन गरेको छ ।

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एमालेले वैशाख ९ गते एकैदिन राष्ट्रियस्तरमा घोषणापत्र र सबै पालिकास्तरमा प्रतिबद्धतापत्र सार्वजनिक गर्दैछ । परिषद्ले राष्ट्रिय कार्याशाला आयोजना गरी प्रतिबद्धतापत्र तयारीमा संयोजनका लागि हरेक पालिकाका लागि दुई–दुई जनालाई प्रशिक्षक खटाएको र प्रशिक्षणप्राप्त परिषद्का सदस्यले पालिकास्तरमा सम्बन्धित कमिटीसँगको समन्वयमा काम गरिरहेको परिषद्का महासचिव गजेन्द्र थपलियाले जानकारी दिनुभयो ।

गत चैत १३ गते सम्पन्न एमाले स्थायी कमिटीको बैठकले घोषणापत्रमा सुझाव दिन सुझाव माग्ने निर्णय गरेको थियो । चैत १६ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीले सबै पालिकाका नेता, कार्यकर्तालाई भर्चुअलरुपमा सम्बोधन गर्नुभएको थियो । घोषणापत्र मस्यौदाका लागि पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा गठित समितिको सुझावका आधारमा घोषणापत्र तयार गरिएको छ । रासस