५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा

अष्ट्रेलियाले जारी सीमा प्रतिबन्ध सहज बनाउने

अष्ट्रेलियाले जारी सीमा प्रतिबन्ध सहज बनाउने
अ+ अ-

क्यानबेरा, अष्ट्रेलिया । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले शुक्रबार अन्तरराष्ट्रिय यात्रा पुनः खोल्ने र सीमा प्रतिबन्ध सहज बनाउने घोषणा गर्नुभएको छ ।

मोरिसनका अनुसार उक्त घोषणा साउथ वेल्सबाट शुरू हुने छ र ८० प्रतिशत खोप लगाइएका राज्यहरूका लागि अन्तर्राष्ट्रिय सिमाना अर्को महिनादेखि खुला रहनेछ । पूर्णरूपमा खोप लगाइएका अष्ट्रेलियालीहरू र वेल्समा आउने स्थायी बासिन्दाहरू होटलमा महङ्गो क्वारिन्टिन बसाइँको सट्टा एक हप्ताको लागि घरमै क्वारिन्टिनमा बस्न सक्ने व्यवस्था मिलाइएको समाचार माध्यमले जनाएका छन् । पूरै खोप लगाएका अष्ट्रेलियालीहरूलाई व्यावसायिक उडान मार्फत आवतजावत खुला गरिनेछ। 

गत वर्ष मार्च २० मा अस्ट्रेलियाले कोरोनाभाइरस महामारीलाई मध्यनजर गर्दै विश्वको सबैभन्दा कडा प्रकारको सीमा प्रतिबन्ध लगाएको थियो जसबाट १८ महिनासम्म सीमा नाकाहरू बन्द गरिएका छन् । 

प्रधानमन्त्री मोरिसनका अनुसार सरकारले न्यूजील्याण्ड जस्ता केही देशहरू बीच क्वारेन्टिनमा बस्न नपर्ने गरी यात्रा सहज गर्ने बारे उचित समयमा निर्णय लिनेछ।  सरकारले जनताको सुरक्षाका निम्ति यथासम्भव प्रयत्न गरेको छ पूर्ण सुरक्षाको प्रत्याभूति दिलाएको छ। १२ वर्षभन्दा कम उमेर समूह र चिकित्सकीय परामर्शममा रहेका बाहेक सबैले यात्राका निम्ति पूर्णरूपमा पूरै मात्रा खोप लगाएको हुनेपर्ने प्रधानमन्त्री मोरिसनले बताउँनुभएको छ।  

यसैबीच, खोप नलागेका यात्रुहरूका लागि भने १५ दिनको होटल क्वारिन्टिनको आवश्यकता पर्नेछ। सरकारले खोप लगाएका यात्रुहरुको ट्राभल क्याप्स हटाउन राज्यहरूसँग मिलेर काम गर्ने जनाएको छ। एबीसी समाचार माध्यमले जनाएअनुसार अष्ट्रेलियाले कोभिड परीक्षणको दायरालाई विस्तार गर्दै यात्राकै दौरानमा पनि यसलाई निरन्तता दिने जनाएको छ। (रासस, एएनआई)