९ भाद्र २०८३, मंगलवार
,
Latest
राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानी दूतावासको आयोजनामा टी–२० क्रिकेट प्रतियोगिता हुने



अ+ अ-

काठमाडौँ । नेपालस्थित पाकिस्तानी दूतावासले आजदेखि सातौँ संस्करणको नेपाल–पाकिस्तान मैत्री टी–२० क्रिकेट प्रतियोगिता २०२२ आयोजना गरेको छ । नौ दिनसम्म चल्ने प्रतियोगितामा १२ क्रिकेट टोलीको सहभागिता रहने दूतावासले आज एक विज्ञप्ति जारी जनाएको छ ।

कार्यक्रम नेपाली च्यानल ‘एक्शन स्पोर्ट्स’ मा प्रत्यक्ष प्रसारण गरिनेछ। खेलको उद्घाटन कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले यस्ता खेलकुद गतिविधिहरू आयोजना गर्न दूतावासको पहलको प्रशंसा गर्दै दुई देशका युवालाई एकजुट बनाउन क्रिकेट र खेलकुदको सम्भावना रहेको बताए ।

नेपालस्थित पाकिस्तानका राजदूत सैयद हैदर शाहले कोभिडको यस समयमा खेलकुद र बाहिरी गतिविधिको महत्व झनै बढेको बताए । उनले नेपालमा क्रिकेटको बढ्दो लोकप्रियताले आईसीसीको सदस्यता प्राप्त गर्न धेरै टाढा नहुने सङ्केत गरेको उल्लेख गर्दै नेपालको क्रिकेट सपना साकार पार्न पाकिस्तान सहयोग गर्न इच्छुक रहेको बताए ।