४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो

मनाङका स्याउ बगैँचा फुलेर सेताम्मे

मनाङका स्याउ बगैँचा फुलेर सेताम्मे
अ+ अ-

मनाङ । हिमाली जिल्ला मनाङको वातावरण यतिबेला अति नै रमणीय देखिन्छ । जिल्लैभरि रहेका बगैँचामा स्याउका बोट फुलेर सेताम्मे भएपछि यहाँको वातावरण रोमाञ्चक देखिएको हो । मनाङ स्वादिलो स्याउ पाइने जिल्लाका रुपमा चिनिन्छ। त्यो स्वादिलो स्याउ फल्ने बोटका बगैँचाहरुमा फूल फुलेर अहिले सेताम्य भएको छ । चैत वैशाखमा स्याउ फुल्ने र असोज कात्तिकमा पाक्ने गर्छ ।

इटली र सर्भियाबाट स्याउका बिरुवा ल्याएर यहाँ रोपेको हो । स्याउका बिरुवा ल्याएर रोपेपछि सुरु भएको स्याउ खेती आजसम्म जिल्लाभरि फैलिएको छ । यहाँ चार स्थानीय तहमध्ये नार्पाभूमिबाहेक चामे, नाँसो र मनाङ ङिस्याङ गाउँपालिकामा स्याउ खेती हुँदै आएको छ ।

अहिले मनाङमा तीन जातका स्याउ फल्ने गरेको कृषि विज्ञहरुको भनाइ छ । यहाँ गोेल्डेन डेलिसेस, इटालिएन फुजी र गाला जातका स्याउ फल्ने गरेका छन् भने केही स्थानमा रैथाने र विकासे स्याउ पनि फल्न गरेका छन् । मनाङको स्याउले काठमाडौँ, पोखरा, लमजुङलगायत देशका ठूला सहरमा पनि निकै आकर्षक बजार लिएको छ । पछिल्लो समय जिल्लाबाहिर स्याउको माग पनि बढ्दै गएको छ भने मनाङे स्याउ पाए भने मन नपराउने भने कोही नेपाली छैनन् । पछिल्ला दिनहरुमा सडक सञ्जालसँग मनाङ जिल्ला जोडिएपछि स्याउ ढुवानीमा सहजता भएको किसानको भनाइ छ ।

जिल्ला डुम्रे–बेँसी सहर–चामे सडकखण्ड जोडिएपछि यहाँका किसान स्याउ खेतीतर्फ आकर्षित भएका छन् । आफूले फलाएको स्याउले सजिलै बजार पाउने र निर्यात हुने भएपछि किसान उत्साहित भएका हुन् । उनीहरु भन्छन्, “गर्नसक्यो भने मनाङको स्याउको इज्जत नै अर्कैछ, तर ठूला शहर बजार टाढै छन्, त्यसले गर्दा मुख्य समस्या ढुवानीमै छ ।” वर्षदिनमै उत्पादन दिने र राम्रो बजार पाइन थालेपछि स्थानीय बासिन्दा इटालियन स्याउतर्फ आकर्षित भएका हुन् ।

एग्रो मनाङले ७३५ रोपनी जग्गामा स्याउखेती गरेको छ । एग्रोले ६ वर्षअगाडि इटली र सर्भियाबाट स्याउका बिरुवा ल्याएर रोपेको हो । स्याउखेती गर्दै आएका एग्रो मनाङका समराज गुरुङले राम्रो उत्पादन भइरहेको बताउनुभयो  । यो मनाङको हावापानी सुहाउँदो स्याउ भएको उहाँको भनाइ छ  । स्याउ फर्ममा गाला, गोल्डेन र फुजी जातका स्याउ लगाइएको छ । “हरेक वर्ष स्याउको उत्पादन वृद्धि भइरहेको छ भने बिक्री वितरण गर्ने दर पनि वृद्धि भएको छ । राज्यले स्याउ खेतीलाई प्राथमिकता दिएको र यहाँका किसानले पनि मेहनत गर्ने भएकाले हरेक वर्ष मनाङमा स्याउ उत्पादन बढ्दै गएको छ”, उहाँले भन्नुभयो ।

स्याउलाई स्टोर गर्न भ्राताङ, बेँसीसहर र काठमाडौँमा शीतभण्डार बनाएको छ । एग्रो मनाङले समुद्री सतहदेखि दुई हजार नौ सय मिटर उचाइको भ्राताङमा ‘हाइडेन्सिटी’ प्रविधिमार्फत स्याउ फलाएको हो । (रासस, नवीन लामिछाने)