२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद्लाई जीवन्त, जनमुखी र गरिमामय बनाउन सकिन्छः सभामुख सापकोटा



अ+ अ-

लुम्बिनी । सभामुख अग्निप्रसाद सापकोटाले कानुनको सबैले आ–आफ्नो अनुकूलतामा व्याख्या गर्ने प्रवृत्तिले समस्या सिर्जना हुने गरेको बताउनुभएको छ ।

लुम्बिनी प्रदेशसभाद्वारा आज यहाँ आयोजित ‘अन्तर प्रदेश व्यवस्थापिका’ सम्बन्धी अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “आ–आफ्नो अनुकूलता अनुसार कानुनको व्याख्या गर्ने प्रवृत्तिले समस्या सिर्जना हुने गरेको छ ।”

सभामुख सापकोटाले कानुन निर्माणमा व्यवस्थापिकाले ध्यान दिनुपर्नेमा जोड दिँदै व्यवस्थापिका संसद्अन्तर्गत सङ्घीय संसद् र प्रदेश व्यवस्थापिकाका संरचनामा कहाँ त्रुटि छन् भनेर गम्भीरतापूर्वक खोज्ने र त्यसको निष्कर्ष र समस्या समाधानका लागि आफू लागिपरेको बताउनुभयो ।

उहाँले हाम्रो सार्वभौमसत्ता सम्पन्न संसद्लाई जीवन्त, जनमुखी र गरिमामय बनाउन ऐतिहासिक भूमिका खेल्न जरुरी रहेको पनि बताउनुभयो ।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमका नेपालस्थित नीति निर्माण सल्लाहकार बिन्दा मगर, सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमलगायतले संसदीय अभियासलाई अझ बढी प्रभावकारी र जनमुखी बनाउनुपर्नेमा जोड दिनुभयो ।

आजदेखि सुर भएको सो अन्तरक्रिया कार्यक्रममा सातै प्रदेशका सभामुख र उपसभामुखले सङ्घीयता कार्यान्वयनमा पाँचवर्षे अनुभव, चुनौती र सम्भावना विषयमा छलफल गर्नुहुनेछ ।

उहाँहरुले प्रदेशसभा सञ्चालनका अनुभव, सभालाई कसरी मर्यादित र जनमुखी बनाउन सकिन्छ भन्ने विषयमा अनुभव आदानप्रदान र अन्तरक्रिया गर्नुहुनेछ । आयोजक लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले सहजीकरण गर्नुभएका सो कार्यक्रमको संश्लेषणात्मक प्रतिवेदन तयार गर्न गठित मस्यौदा समितिले अन्तरक्रियामा उठेका विषयहरुलाई समेटेर प्रतिवेदन तयार गर्ने बताइएको छ ।