२२ मंसिर २०८२, सोमबार
,
Latest
पहिलोपटक खलङ्गा बजारमा ‘फायर हाइड्रेन्ट’ जडान भएपछि… मुस्ताङका उच्चलेंंकमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै एकाबिहानै तातोपानीमा मह र कागती मिसाएर पिउँदा मिल्छ यस्ता फाइदा थाइल्यान्डमा लुम्बिनी–नेपाल म्याराथन आयोजना हुने दैनिक १० मिनेट हिँड्दा आयु ७ प्रतिशतले बढ्नसक्ने सेल्टा भिगोसँग रियल मड्रिड घरेलु मैदानमै पराजित नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने प्रतिनिधि सभा निर्वाचन ८७ दिन बाँकी : यस्ता छन् चुनाव चिह्न सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड ‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद्लाई जीवन्त, जनमुखी र गरिमामय बनाउन सकिन्छः सभामुख सापकोटा



अ+ अ-

लुम्बिनी । सभामुख अग्निप्रसाद सापकोटाले कानुनको सबैले आ–आफ्नो अनुकूलतामा व्याख्या गर्ने प्रवृत्तिले समस्या सिर्जना हुने गरेको बताउनुभएको छ ।

लुम्बिनी प्रदेशसभाद्वारा आज यहाँ आयोजित ‘अन्तर प्रदेश व्यवस्थापिका’ सम्बन्धी अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “आ–आफ्नो अनुकूलता अनुसार कानुनको व्याख्या गर्ने प्रवृत्तिले समस्या सिर्जना हुने गरेको छ ।”

सभामुख सापकोटाले कानुन निर्माणमा व्यवस्थापिकाले ध्यान दिनुपर्नेमा जोड दिँदै व्यवस्थापिका संसद्अन्तर्गत सङ्घीय संसद् र प्रदेश व्यवस्थापिकाका संरचनामा कहाँ त्रुटि छन् भनेर गम्भीरतापूर्वक खोज्ने र त्यसको निष्कर्ष र समस्या समाधानका लागि आफू लागिपरेको बताउनुभयो ।

उहाँले हाम्रो सार्वभौमसत्ता सम्पन्न संसद्लाई जीवन्त, जनमुखी र गरिमामय बनाउन ऐतिहासिक भूमिका खेल्न जरुरी रहेको पनि बताउनुभयो ।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमका नेपालस्थित नीति निर्माण सल्लाहकार बिन्दा मगर, सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमलगायतले संसदीय अभियासलाई अझ बढी प्रभावकारी र जनमुखी बनाउनुपर्नेमा जोड दिनुभयो ।

आजदेखि सुर भएको सो अन्तरक्रिया कार्यक्रममा सातै प्रदेशका सभामुख र उपसभामुखले सङ्घीयता कार्यान्वयनमा पाँचवर्षे अनुभव, चुनौती र सम्भावना विषयमा छलफल गर्नुहुनेछ ।

उहाँहरुले प्रदेशसभा सञ्चालनका अनुभव, सभालाई कसरी मर्यादित र जनमुखी बनाउन सकिन्छ भन्ने विषयमा अनुभव आदानप्रदान र अन्तरक्रिया गर्नुहुनेछ । आयोजक लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले सहजीकरण गर्नुभएका सो कार्यक्रमको संश्लेषणात्मक प्रतिवेदन तयार गर्न गठित मस्यौदा समितिले अन्तरक्रियामा उठेका विषयहरुलाई समेटेर प्रतिवेदन तयार गर्ने बताइएको छ ।