२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनमा गिभ एण्ड टेक हुन्छ, सबै हामीलाई कहाँ दिन्छन् ?– प्रम देउवा



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबनधनमा गिभ एण्ड टेक हुने हुँदा विरोध नगर्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

नेपाल विद्यार्थी संघको ५३औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले भन्नुभयो, “गठबन्धन भत्कियो भने हाम्रो हालत के हुन्छ ?, हिजो के थियो ?, मैले गठबन्धनलाई मिलाएर के अपराध गरेँ ?”

प्रधानमन्त्री देउवाले गठबन्धनमा भएका कारण आफू प्रधानमन्त्री बनेको र साथीहरु विभिन्न प्रदेशमा मुख्यमन्त्री बनेको भन्दै कांग्रेस ठूलो दल नै हुने भएकाले गठबन्धनमा रहेका अन्य दललाई सानो दल हुन दिनुपर्ने बताउनुभयो । “गठबन्धन भएपछि गिभ एण्ड टेक त हुन्छ नि, सबै हामीलाई कहाँ छाड्छन्, कसै न कसैसँग त मिल्नै पर्यो, मिलेपछि केही त छाड्नै पर्यो”, प्रधानमन्त्री देउवाले भन्नुभयो ।

उहाँले विद्यालय तहमा संगठन विस्तार गर्न निर्देशन दिँदै संगठन नै बलियो नभए कहाँबाट चुनाव जित्न सकिन्छ भन्दै प्रश्न गर्नुभयो । प्रधानमन्त्री देउवाले नेविसंघमा तत्काल पदाधिकारी मनोनयन नहुने स्पष्ट पार्दै दुजाङ शेर्पाको नेतृत्वले छिटोभन्दा छिटो महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्ने बताउनुभयो ।