• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   नयाँ वाम विकल्प दिनेगरी पार्टीको नेतृत्व चयन हुन्छः घनश्याम भुषाल ★   सहमतिबाट नेतृत्व निर्माण हुन नसके निर्वाचनबाट हुन्छः झलनाथ खनाल ★   नेकपा एसको महाधिवेशन एकतावद्ध भएर सम्पन्न गर्ने संकल्प लिएका छौंः माधवकुमार नेपाल ★   नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त झा पक्राउ ★   लालीगुराँस सहकारीका प्रमुख सञ्चालक सुरेन्द्र भण्डारी पक्राउ ★   देशलाई धानमा मात्र होइन खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकार लागिपरेको छः प्रधानमन्त्री ★   गुल्मी पहिरो अपडेटः एकै घरका पाँच जनाको मृत्यु ★   जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामाः प्रधानमन्त्री ★   खेती धान्ने महिला किसानलाई छैन प्रोत्साहन ★   शीतल निवासमा धान रोपाइँ – तस्बिरहरु

जङ्गली हात्तीबाट जोगाउन साइरन जडान



कञ्चनपुर । जङ्गली हात्तीको बथानबाट गाउँलाई जोगाउन शुक्लाफाँटा नगरपालिका–८ का तीन स्थानमा विद्युतीय साइरन जडान गरिएको छ । चुरे क्षेत्र नजिकैको बस्तीमा जङ्गली हात्ती छिरेर नोक्सान पुर्‍याउन थालेपछि साइरन जडान गरिएको हो ।

“बस्ती नजिकै हात्ती देख्ने बित्तिकै जडान गरिएको साइरनको स्विच थिचेर ठूलो आवाज निकालिन्छ,” बैजनाथ सामुदायिक संस्थाका अध्यक्ष बहादुर सिंह महराले भन्नुभयो, “आवाज सुनेपछि स्थानीय बासिन्दा सतर्क रहेर बालीनालीसँगै जीउज्यान जोगाउन सजक हुन्छन् ।”

साइरन बजाउनका लागि एक कर्मचारीको समेत व्यवस्था गरिएको छ । साइरनको आवाज तीन किलोमिटरसम्म सुन्न सकिन्छ । “साइरन बजेपछि हात्ती धपाउन सजिलो हुन्छ नै । हात्तीले खेतबारीमा लगाइएको अन्नबालीमा नोक्सान गर्न पाउँदैन । हात्ती बस्ती छिर्नु अगावै सतर्क हुने हुँदा मानवीय क्षति हुन पाउँदैन ।

“साइरनको आवाजले हात्तीसमेत तर्सेर भाग्छ,” अध्यक्ष महराले भन्नुभयो, “हात्तीको बथानले घर लगायतको भौतिक पूर्वाधारमा समेत क्षति पुर्‍याउन पाउँदैन ।” सामुदायिक वन समन्वय समिति (सिएफसिस) वाणी र तराई भूपरिधि कार्यक्रम (ताल)को सहयोगमा जङ्गली हात्ती नियन्त्रण पूर्वसूचना प्रणालीअन्तर्गत साइरन जडान गरिएको हो ।

साइरन नगरपालिकाको बेलडाँडी, मणिकाधाम टोल, पारिफाँटालगायत तीन ठाउँमा जडान गरिएको छ ।भारतको दुधुवा नेशनलपार्क हुँदै चुरे क्षेत्रसम्म आइपुग्ने जङ्गली हात्तीको बथानले स्थानीय किसानको खेतमा लगाइएको अन्नबाली खानाका साथै प्रतिवर्ष मानवीय र भौतिक क्षति पुर्‍याउँदै आएको छ । साइरन जडानले जङ्गली हात्तीका कारण हुने क्षति न्यूनीकरणमा टेवा पुग्ने बताइएको छ । रासस