३१ जेष्ठ २०८३, आईतवार
,
Latest
बालेन सरकारले धेरै गल्ती गरिसक्योः धवलशमशेर राणा पर्सामा एक सय किलो गाँजा पक्राउ दुर्गा प्रसाईं राजासंस्था र हिन्दुराष्ट्र कायम गर्ने एजेण्डाका ब्राण्ड हुन्, नयाँ पार्टी उहाँकै नेतृत्वमा अघि… प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने औद्योगिक कर्जाको ७२ प्रतिशत बागमतीमा केन्द्रित, कर्णालीमा ०.२५ प्रतिशत मात्रै पाँच वर्षभित्र सम्पूर्ण भवनलाई विपद् उत्थानशील बनाउने महानगरको घोषणा असार १ गतेदेखि सम्पूर्ण चिया उद्योग बन्द गर्ने व्यवसायीको चेतावनी नेपालमा आँखा उपचार सेवाको पहुँच बढे पनि अन्धोपनको जोखिम कायमै सुशासन, डिजिटल सेवा र शहरी व्यवस्थापन काठमाडौं महानगरको प्राथमिकतामा नेपाली चिया निर्यात अवरुद्धः तत्काल समाधानका लागि कूटनीतिक पहल गर्न सांसद नेम्बाङको सरकारसँग आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

कास्की नछोड्न पौडेलको फोन, नेतृत्वलाई देउवाले काठमाडौँ बोलाए



file
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कास्की कांग्रेसका नेताहरुलाई पोखरा महानगरपालिका नछोड्न भनेकाभ छन् । नेता पौडेलले कास्कीका नेताहरूलाई फोन गरेर सोमबार नै अडान नछाड्न भनेका थिए । पौडेलको फोनपछि कास्कीका नेताहरुले पोखरा महानगरको अडान नछोड्ने बताएका छन् ।

सत्ता गठबन्धन दलहरुको हिजोको बैठकमा नेपाली कांग्रेस र नेकपा एसले पोखरा महानगरमा दाबी गरेपछि विवाद उत्पन्न भएको छ । आजको फोनमा पौडेलले केन्द्रमा पनि पोखराको विषयले अड्किएको र आज त्यस विषयमा छलफल हुने जनाएका थिए । त्यसैले अडान नछोड्न उनले भनेको कास्कीका एक नेताले जानकारी दिए ।

उता कांग्रेस कास्कीका नेताहरुलाई पार्टी सभापति शेरबहादुर देउवाले काठमाडौं बोलाएका छन् । आज बिहान देउवाले फोन गरेर बोलाएपछि गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, कास्की सभापति किशोरदत्त बराल र नेता यज्ञबहादुर थापा आजै काठमाडौं आउन लागेको बताइएको छ । आफूहरुलाई सभापतिले काठमाडौं आउनू भनेकाले जान लागेको कास्की कांग्रेसका सभापति किशोर बरालले जानकारी दिए ।

यता कास्की कांग्रेसले आफूहरु पोखरा नछोड्ने अडान र उता नेकपा एसले आफूलाई पोखरा महानगर नै चाहिने बताएपछि पार्टी सभापति देउवा अप्ठेरोमा पर्नुभएको छ ।